१८ मंसिर, जापान । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको ११ औ अधिबेसन तथा ५३ साहित्यिक श्रृङ्खला भब्यरूपले सम्पन्न भएको छ ।
अनेसास जापानको ११ औ अधिवेशनले अध्यक्षमा गिरिजा गैरे, उपाध्यक्षमा अरुण पौडेल र हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरीलाई चयन गरेको छ भने महासचिबमा रबिन शर्मा, सचिवमा ध्रुव बन्जाडे, सहसचिवमा सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुयाल ,शरद पोख्रेल, के.वी. पारखी, मञ्जु गिरी वन, संगीता कुँवर, सुमन प्रतिबिम्ब, रमेश लामीछाने र अनिल कुमार ‘निर्दोष’ रहेका छन् ।
कार्यक्रममा अनेसासको नियमित साहित्यक प्रकाशन ‘साकुरा फुल्दा’ को सामुहिक रूपमा विमोचन गरिएको थियो । अनेसासले ११ औँ अधिवेशन संगै आफ्नो नियमित रुपमा श्रृङखलाबद्ध गर्दै आएको कवि गोष्ठी तथा ५३ औँ साहित्य श्रृङखला पनि सम्पन्न गरेको छ ।
साहित्यिक प्रकाशनमाथी समिक्षात्मक मन्तव्यद्धारा प्रकाश पार्दै अनेसासका पूर्वअध्यक्ष आलोक चालिसेले साकुरा फूल्दा साहित्यिक कृतिमा दुइदर्जन कविका सिर्जना समेटिएको र त्यसमध्ये ११ वटा गजल, दुईवटा नियात्रासंगै मनोविज्ञान र साहित्यलाई पनि सुन्दर ढङ्गले प्रस्तुत गरिएको तथा गद्य कवितालाई पनि स्थान दिएको धारणा राखेका थिए ।

कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत, अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, एनआरएनए पूर्ब प्रबक्ता भूषण घिमिरे पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवालि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वाचन समितीका संयोजक तथा अनेसास जापानका संरक्षक तथा पूर्वअध्यक्ष बेलुकाजी थापाले नयाँ कार्यसमितीको घोषणा गर्दै जापान भरीकै संघसंस्थाहरुमध्ये अनेसास मात्रै त्यस्तो संस्था रहेको जसले आपासी प्रेम,भाइचारा,समझदारी र पारिवारिक वातावरणमा हुर्किन र फूल्न पाउने बताए । थापाले साहित्यमा कलम चलाउनेले आफ्नै मनको कुरा लेख्न सक्ने हुँदा आत्महत्या नगर्ने पनि जिकिर गरे ।
त्यस्तै डा. विजय ज्ञवालीले थापाको भनाइप्रति इङ्गित गर्दै मनभित्रैबाट प्रष्फुटन हुने साहित्यले आत्महत्यालाई निरुत्साहित पार्ने बताए । समाजसेवी पदमसिंह ठगुन्नाले साहित्यको सिमा नहुने भन्दै सिक्किम, दार्जि्लिङमा पनि नेपाली भाषीहरुको नेपाली भाषा साहित्य प्रतिको प्रेमको खुलेर प्रशंसा गरे । नवनिर्वाचित कार्यसमितीलाई शुभकामना तथा दिंदै वधाई दिंदै अधिकांश वक्ताहरुले नेपाली भाषा साहित्यमा अनेसास जापानको क्रियाशिलताप्रति मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली भाषा साहित्यलाई माया गर्न सुझाए ।
अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईलाले अनेसासको तेस्रो अन्तराष्ट्रिय च्याप्टर सम्मेलन २०२० जनवरी ११ र १२ तारिखका दिन टोकीयोमा हुने कुरा जानकारी दिएका थिए ।

कार्यक्रममा सर्जकहरु मिनराज बास्तोला, सेवक पिसि, अरुण पौडेल सुमित गिरी, ध्रुव बन्जाडे, हेमन्त गिरी, दिपा घिमिरे, ज्वाला संग्रौला, इसु सूबेदी, श्रवण सत्याल, अनिलकुमार निर्दाेष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी मगर, सरिता ढकाल, गिरिजा गैरे, के. वी पाराखी, दिपक नेपाल लगायतले समय सान्दार्भिक रचना वाचन गरेका थिए ।
महासचिव अरुण पौडेलले ५३ औँ श्रृङखलासम्म आईपुग्दाका कार्यविवरण प्रस्तूत गरेका थिए भने निवर्तमान अध्यक्ष दीप पाठकको सभापतित्व, उपाध्यक्ष श्रवण सत्यालको स्वागत मन्तव्य र सचिव रविन शर्माको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वि.सं.२०७६ मंसिर १८ बुधवार १७:२० मा प्रकाशित






























