back
CTIZAN AD

मिर्गौला रोगले पीडित गायिका पल्लीमगरलाई बेलायतबाट आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर १९ बिहीवार

978 

shares

१९ मंसिर, युके । लोक दोहोरी गायिका देवि पल्ली मगरलाई बेलायतका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ४ निवासी सुमधुर स्वरकी धनी गायिका पल्लीमगर मिर्गौला रोगले पीडित छन् । हाल त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी पल्लीमगरलाई ३,६७,४४२ रुपैयाँ (अक्षेरुपी तीनलाख सतसठ्ठी हजार सातसय बयालिस रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

गुल्मी लोकतारा २०७१ को महिलातर्फबाट विजयी समेत भएकी गायिका पल्लवी मगरलाई बेलायतबासी कलाकारप्रेमिहरुको सहयोगी मनबाट आर्थिक सहयोग संकलन गरिएको नौमती बाजा समूह युकेका प्रमुख संरक्षक ओम थापा काउचाले बताएका छन् ।

विगत तीनमहिना देखि टिचिङ अस्पतालमा उपचार गराइरहेको पल्ली मगरको दुई नावालक रहेका छन् । पल्लीलाई यस्तो समस्याले च्यापेपछि उनका श्रीमानले गरेको सहयोगको अपिल पत्र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका नाममा प्राप्त भएपछि सोहि पत्रका माध्यमबाट विरामीसँग सम्पर्क, गुल्मी जिल्ला समाज युकेका सदस्यहरुसँग आर्थिक अपिल गरिएको तथा समाजका महासचिव बिर बलालसँगको सल्लाह र सहकार्यमा उक्त रकम संकलन गरिएको पनि काउचाले बताए ।

काउचाका अनुसार अन्य देशमा रहेका गुल्मी जिल्लाबासीहरुको पहलमा पनि केही रकम संकलन भइसकेको छ । विरामी पल्लीमगरले मिर्गौला ट्रान्सप्लान्टको तयारी भइरहेको बताएकी छन् ।

उक्त रकम मंसिर १५ गते इन्द्रेणी कार्यक्रममार्फत् गुल्मीकै लोकप्रिय तथा स्थापित लोक तथा दोहोरी गायक बेल्जियमबाट आएका बलराम पुन मगरद्धारा आयोजित विशेष कार्यक्रमबीच इन्द्रेणीका प्रमुख संचालक कृष्ण कंडेलको हातबाट बिरामीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा परिवारका तर्फबाट अध्यक्ष टंक शेरचनको पहलमा संकलन गरिएको रकम २०१,७३२ रुपैयाँ र नौमती बाजा समुह र गुल्मी समाज युकेको तर्फबाट संकलन गरिएको १,६५,७१० रुपैयाँ गरेर जम्मा तीनलख सतसठ्ठी हजार चारसय बयालीस रुपैयाँ हस्तान्तरण गरिएको बताइएको छ ।


सहयोग गर्नेहरुमा ओम थापा काउचा २५, छवि थापा मगर १५, गोविन्द राना २५, बिर बलाल १५, टोप पल्ली २५, गोकर्ण बस्नेत ५२, क्या. ताम ढेंगा १५, क्या. दुर्गा राम्जाली म्याग्दी ३०, बागविर चोकान्गी १५, राम गलामी २०, टिकाराम दर्लामी १५, टेक थापा ४०, मोतिराम थापा रेडिङ १५, तेज राना मगर रेडिङ १५, थम राना २०, पुर्ण बलाल १५, ओम बुढाथोकी १५, राम सापकोटा रेडिङ १५, प्रेम गाहा मगर २५, टिका थापा स्वीडोन १५, मिस्टर एण्ड मिस्टर जे आले २०, बरुण भण्डारी १५, फडिन्द्र भट्टराई २०, तेजेन्द्र रोका मगर म्याग्दी १५, क्या. बिर बहादुर थापा १५, तिलता देवी पुलामी १०, विष्णु थापा १०, धुव्रराज अर्याल १५, होम कुँवर १५, मुकुन्द खरेल १५, मिन खरेल स्कटल्याण्ड ३१, नन्दा गलामी २०, कुमार राना १५, बिन भुजेल १५, थाम रोका म्याग्दी ५, श्रीमती देवीमाया पुन बाग्लुङ २०, श्रीमती सरिता सारुमगर १०, गंगा राना ट्रनब्रिज १०, लाल एण्ड मिस सानु दगामी २१, भक्त बलाल २५, राम राना १५, गुण थापा १५, पण्डित प्रेम प्रसाद गैरे २०, इन्द्र बहादुर सिंह १५, मोतिलाल शिरिष १५, गिर बहादुर गुरुङ पोखरा १०, दुर्गा बुढाथोकी गुल्मी २०, देव राना २०, सुरज पुन २०, मोति भण्डारी २०, अर्जुन गौतम २०, चित्र गुरुङ वर्मिङ्गघम ५१, निर्मल शिरिष १५, रेशम÷संगीता थापा २०, भोजेन्द्र पुन २०, लाल काउचा १५, होमलाल राना १५, शेर थापा २०, रवि थापा २०, रुद्र थापा १५, लाल थापा दर्लामी १५ र तुलसी राना पाल्पाले ३० पाउण्ड आर्थिक सहयोग गरेका हुन् ।

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखा संकलित रकमका दाताहरू यसप्रकार छन् ।
टंक शेरचन रू १०००० (नेपालमा दिने), ओम थापा काउचा २१, सिता शेरचन अल्डरशट २१, लछ्मन राना ५०, मनसुधन थापा २०, चन्द्रा मगर २०, रत्न शाही २५, कल्याण गुरूङ रू १०००१, दिलु राना रू ५००१, सन्जय नेपाली १५, ललित गर्वुजा म्याग्दी २१, कुल थापा मगर १५, रेशम शेरचन २०, पदम बुढा मगर २०, मिन गुरुङ १५, शकुन्तला गुरूङ १५, थम बहादुर रोका (अध्यक्ष तीन गाउले समाज यूके) ३०, काशीराम राना १५, श्री प्रसाद पुन ३५, खगेन्द्र रोका २५, वीर बहादुर गुरूङ २१, बेल बहादुर बुढाथोकी २०, टोप पल्ली मगर (अध्यक्ष गुल्मी जिल्ला समाज यूके) ५०, धन वहादुर सार्की ६०, भक्त दर्र्जी ७०, सिला थापा ३०, लिला पुन ३०, तारा पुर्जा २०, विमला गर्वुजा २०, नरमानसिं छन्त्याल २५, भाईदेवी पुन ५ र तारा गर्वुजा पुन १५ पाउण्ड सहयोग रहेको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:१३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...