back
CTIZAN AD

तेह्रौ सागः साइक्लिङको क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

वि.सं.२०७६ मंसिर १९ बिहीवार

657 

shares

१९ मङ्सिर, काठमाडौँ । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।

काठमाडौँको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जित्यो । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेकी हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०।२० सेकेण्ड समय लगाउँदै पूरा गरे ।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन् । उनले १ मिनेट ३५।५२ सेकेण्डमा खेल पूरा गरे । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारे । उनले निर्धारित दूरी १ मिनेट ३६।२९ सेकेण्डमा पूरा गरे । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १५:०९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...