back
CTIZAN AD

एक घण्टाकै परफरमेन्सको तीन करोड लिने को हुन् यी उर्वशी ? (हेर्नुहोस् भिडियोसहित)

वि.सं.२०७६ मंसिर १९ बिहीवार

981 

shares

तपाई यदि कलाकार हनुहुन्छ र कुनै आयोजकले आयोजना गरेको कार्यक्रममा लाइभ प्रस्तुति दिँदै हुुनुहुन्छ तपाईले दिनभरीकै पारिश्रमिक कति पाउनुहुन्छ ५० हजार वा एक लाख ? तर, तपाईहरुजस्तै एक कलाकारले जम्मा एक घण्टाका लागि दिने आफ्नो लाइभ प्रस्तुतिको पारिश्रमिक तीन करोड भारु लिने बताइएको छ ।

ती सुन्दरी अमेरिका, अष्ट्रेलिया वा अन्य कुनै सभ्रान्त देशकी सुन्दरी होइनन् । उनी हुन् भारतकी उर्वशी रौतेला नामकी कलाकार । सायद तपाईले उनको नाम पनि पहिलोपटक सुन्नु भएको होला !

हालै प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘पागलपंती’ मा देखिएकी कलाकार रौतेलाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुने एक लाइभ कार्यक्रममा जम्मा १ घण्टाको ३ करोड पारिश्रमिक लिन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । अहिले सम्म कुनै पनि भारतीय कलाकारले एक घण्टाको यति महँगो शुल्क नलिएको पनि बताइएको छ ।
मिस टिन इण्डियाकी विजेता समेत रहेकी २५ वर्षीया उर्वशी रौतेलाले २०१३ मा ‘सिंह साहव दि ग्रेट’ नामक फिल्मबाट भारतीय फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले पछिल्लोपटक सनम रे, ग्रेट ग्राण्ड मस्ति, हेट स्टोरी ४ नामकलगायतका फिल्ममा अभिनय गरिसकेकी छन् ।

रौतेलाले कहाँ लाईभ प्रदर्शन गर्दैछिन भन्ने नखुलाइए पनि विमार दिल, बिजलीका तार, हसीनोंका दिवाना लगायतका गीतमा आफ्नो प्रस्तुति दिनसक्ने बताइएको छ ।

तस्बिर र भिडियो रौतलाको फेसबुक पेजबाट

वि.सं.२०७६ मंसिर १९ बिहीवार १७:२२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...