back
CTIZAN AD

भोलिदेखि ग्लोबल आइएमई र जनता बैंक एक हुँदै

वि.सं.२०७६ मंसिर १९ बिहीवार

1.9K 

shares

१९ मंसिर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार गर्दैछन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट कारोबार गरिन लागिएको यी दुई बैंकको एकीकृत कारोबारको समुद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाबाट हुने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रम मंसिर २० गते शुक्रबार बिहान ८.३० बजे ग्लोबल आईएमईको कर्पोरेट कार्यालय कमलादी, काठमाडौमा हुने जनाइएको छ ।

संयुक्त कारोबार सुरु गर्नका लागि आज मङ्सिर १९ गते बिहिबार देखि नै जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द भएको छ । एकिकृत कारोबार गर्न लागेका यी दुुई बैकले डाटा माईग्रेसन प्रयोजनको लागि दुवै बैंकको सेवा प्रभावित भएको हो ।

एकीकृत भएसँगै यसअघि जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबल आइएमईको जुनसुकै शाखामा गएर नयाँ खाता लिन बैंकले आग्रह गरेको छ ।

यद्यपी एकिकृत कारोबारपछि पनि जनता बैंकको चेकहरु नियमित नै चल्ने छ भने एटिएम म्याद नसकिएसम्म चल्ने छन् ।
जनता बैंकको इन्टरनेट बैंकिंङ लिएका ग्राहकले साविक कै युजर नेम र पासवर्डले ग्लोबलको इन्टरनेट बैंकिंङमा लग इन गरि सेवा लिन सक्ने बैंकले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १७:०९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...