back
CTIZAN AD

कस्तो बिद्यालय बालमैत्री विद्यालय हुन्छ ?

वि.सं.२०७६ मंसिर १९ बिहीवार

13.8K 

shares

बालमैत्री बिद्यालय वा बालमैत्री कक्षा भन्ने एकदमै सुनिन्छ । के हो त बाल मैत्री बिद्यालय भन्ने सन्दर्भमा शिक्षाविद् मनप्रसाद वाग्लेले १० बुँदे विचार प्रस्तुत गरेका छन् । यो विचार उनको पुरानै भएपनि आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी भएकाले यहाँ प्रकाशित गरिएको छ ।
बालमैत्री विद्यालय वा बालमैत्री कक्षा बारे उनी भन्छन् :

१) सुरक्षित, स्वस्थकर, सफा र संरक्षित पूर्वाधार
(सुद्ध खानेपानी, सफा कक्षाकोठा, भूकम्प जस्ता दैवी प्रकोपबाट सुरक्षित, घर देखि स्कूल र स्कूल देखि घर जाने सुरक्षा, ढुक्क भएर पढ्न पाउने वातावरण, सबै खाले हिंसारहित कक्षाकोठा र स्कूल वातावरण) ।
२) बाल अधिकारको सम्मान
(बाल अधिकार महासन्धिले पारित गरेका सबैखाले प्रावधान)
३) सबै खाले बालक प्रति भेदभाव रहित समान व्यवहार
(गरिब, ठूला रोग लागेका, भिन्न क्षमता भएका, सिमान्तकृत अनि भाषिक, लैंगिक, सांस्कृतिक, बर्गीय सबैखाले) ।
४) बिद्यालय शान्ति क्षेत्रको बिकास
(विद्यालयका लागि समूदायको शैक्षिक क्रियाकलाप बाहेक बिद्यालय भित्र अन्य कुनै पनि कार्यक्रममा प्रतिवन्ध, र माथि १, २, र ३ नम्बरका सबै प्रावधान) ।
५) शिक्षक प्रति बाल भरोसा
(बाल शोषण, यौन हिंसा, तथा कुनै पनि हिंसा शिक्षकबाट हुँदैन भन्ने बिश्वास र शिक्षक बाल बिकासको प्रमुख कडीको रूपमा) ।
६) बालकहरुमा बिद्यालय प्रति सकारात्मक सोचको बिकास
(सबै बालकहरु स्कूल जान भनेपछि रमाइलो मान्ने, स्कूल जानैपर्छ भन्ने भावना, स्कूलनै आफ्नो उन्नतिको धारणा, पढाउने शिक्षक र प्रधानाध्यापकका राम्रा व्यवहारको नक्कल, शिक्षक र बिद्यालय प्रति सम्मान) ।
७) सहकार्यको अवधारणा
(साथी साथी मिले धेरै गर्न र सिक्न सकिन्छ भन्ने भावना, एकले अर्कोलाई सघाउने बानी, आफू कम्जोर भएका कुरामा अरुबाट सहयोग लिने प्रवृत्तिमा बिकास) ।
८) शिक्षामा बिद्यालय र समूदायको संयुक्त प्रयास
(समूदायको उन्नतिमा विद्यालयका बाल बालिकाको भूमिका, बिद्यालय बिकासमा समूदायको योगदान, समुदायलाई विद्यालयले पुरयाउने दीर्घकालीन प्रभाव, समूदायका बाल बालिकाको सर्बांगिण बिकास जस्ता अल्पकालीन र दिर्घकालिन योजना निर्माण र कार्यान्वयनमा बिद्यालय र समूदायको संयुक्त पहल) ।
९) सक्रिय एबम उत्पादनमुखी नागरिकको अवधारणा
(समाजमा योगदान दिन सक्ने क्षमता, राज्यको नागरिकको दायित्व, लोकतान्त्रिक मूल्य मान्यता, असल नागरिक बनाउने प्रयास) ।
१०) शिक्षामा बालकको परिवारको संलग्नता
(आफ्ना केटाकेटीको पढाई प्रति अभिभावकको रुची, अभिभावकले विद्यालयलाई सघाउने क्रियाकलाप, घर र बिद्यालयबीच बाल बिकासका सन्तुलित प्रयास, बिद्यालयमा सिकेका कुरा घरमा र घरमा सिकेका मूल्य र मान्यताहरु बिद्यालयमा सम्मिश्रण र प्रवर्धन, बालविकास र क्षमताका आधारमा सबै परिवारका बालबालिकाको न्युनतम स्तर एबम् प्रगतिको सुनिश्चितता) ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १६:४८ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...