back
CTIZAN AD

तेह्रौँ सागः टेबलटेनिसमा श्रेष्ठ र बज्राचार्यले जिते कास्य पदक

वि.सं.२०७६ मंसिर २० शुक्रवार

588 

shares

२० मङ्सिर, काठमाडौँ । १३औँ दक्षिण एशियाली खेलकूद (साग) को टेबलटेनिस अन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका छन् ।

लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाएका हुन् । तर नेपालका लागि विधामा नेपाले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित भए । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गरे । अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित भए । उनी हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित भए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:०५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...