back
CTIZAN AD

अब रारा तालमा फोरजी सेवा सञ्चालन

वि.सं.२०७६ मंसिर २० शुक्रवार

903 

shares

२० मङ्सिर, मुगु । नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले दु्रत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उनका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरु गरिएको छ ।

“रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ”, पोखरेलले भने, “यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।” फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । (रासस)

वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:२३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...