back
CTIZAN AD

बैकिङ क्षेत्रमा ब्रेक थ्रु, ग्लोवल र जनताको एकिकृत कारोबार शुरु

वि.सं.२०७६ मंसिर २० शुक्रवार

1.7K 

shares

२० मंसिर, काठमाण्डौ । क वर्गका दुई वाणिज्य बैंकहरुको मर्जरपछि एकिकृत कारोबार सुरु गरिएको छ ।
फाइनान्स र विकास बैंकहरु गरी ११ वटा गाभ्दै आएको ग्लोबल आइएमई बैंक र ७ वटा विभिन्न संस्था जोडेर आएको जनता बैंक गाभिएर बनेको ग्लोबल आइएमइ बैंक लिमिटेडले २०७६ मंसिर २० गते बिहानदेखि एकिकृत कारोबार सुरु गरेको छ ।

‘रच्दै नयाँ इतिहास र छुदैं नयाँ उचाइ’ को नारा सहित ग्लोबल आइएमई बैंकले यसअघि मर्जर भएका दुई बैंकको एकिकृत कारोबारको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाबाट गराएको छ । यो उद्घाटनसँगै नेपालको बैंकिङ इतिहासमा ‘ब्रेक थ्रु’ भएको टिप्पणी गरिएको छ ।

के भने अर्थमन्त्रीले ?
मर्जरपछिको एकिकृत कारोबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारको अनुरोध पालना गरेर १ नम्बर बनेकोमा ग्लोबल बैंकलाई धन्यवाद दिँदै भने ‘देशमा अव ठूलो लगानी चाहिएको छ, ठूलो लगानीका लागि ठूलो पुँजी चाहिएको छ र ठूलो पुँजीका लागि ठूलो बैंक चाहिएको छ ।’

ठूलो बैंकको प्रमुख चुौतीका रुपमा व्यवस्थापकिय चुस्तता रहेको भन्दै मन्त्री खतिवडाले ‘मोटाउन र सुनिन सजिलो हुने तर स्वस्थ्य र तन्दुरुस्त हुन गाह्रो हुने’ बताएका थिए ।

धेरै पद र सुविधा कटौती हुँदा सबैलाई फाइदा पुग्ने बताउँदै साढे १० प्रतिशत ऋणपत्र उठाउने व्यापारीले १० प्रतिशत व्याज महँगो मान्न नहुने धारणा समेत राखेका थिए ।

ग्लोबल आइएमइ अब सबैभन्दा ठूलो बैंक
जनता बैंकलाई मर्जर गराएको ग्लोवल आइएमई बैंक अव मुलुकको ठूलो बैंक बनेको छ । २४ अर्ब प्राथमिक पुँजी रहेको सो बैंकको १९ अर्ब चुक्ता पुँजी रहेको छ । २ खर्ब १३ अर्ब निक्षेप रहेको सो बैंकको कर्जा लगानी भने १ खर्ब ९४ अर्ब रहेको छ । ३२५० को हाराहारीमा कर्मचारी रहेको सो बैंकको ७७ जिल्लामा ३०० शाखा रहेका छन् भने २५९ वटा एटिएम बुथहरु रहेको बताइएको छ । यसैगरी बैंकले ३५ वटा एक्सटेन्सन काउन्टर र विदेशमा प्रतिनिधि कार्यालय समेत गरी ८४० वटा सेवा केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दै छ । २० लाखको हाराहारीमा ग्राहक संख्या पुगेको सो बैंक नेपालमा अब सबैभन्दा ठूलो बैंकका रुपमा दर्ज भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३ अर्ब बढि सरकारी राजश्व दाखिला गराएको ग्लोबल आइएमई बैंकले २५ प्रतिशत भन्दा बढी लाभांशको घोषणा गरिसकेको छ । मर्जर र एकिकृत कारोबार घोषणा पछि साबिक जनता बैंकका लगानीकर्ता समेत उत्साहित भएका छन् ।

कसले गर्दैछ नेतृत्व ?


नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडकोे नेतृत्व चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका ढकाल नेपालको व्यवसायिक क्षेत्रमा लगातार प्रगति गर्ने व्यक्तित्वका रुपमा स्थापित छन् । बाग्लुङ जिल्लाकौ सामान्य परीवारमा जन्मिएका उनी राष्ट्रिय बाणिज्य बैंकको सहायक स्तरको नोकरी गर्दा गर्दै व्यवसायमा हात हालेका व्यक्ति हुन् ।

विदेशमा बस्ने आफन्तले पठाएको पैसा हुण्डिको खेलमा अल्झेपछि उनले विदेशबाट सिधा पैसा कसरी ल्याउने बारे सोच्न सुरु गरे एकातिर भने अर्कातिर एक्रोश ट्राभल्स र कार्गोबाट पर्यटन सेवामा समेत काम सुरु गरे । कामप्रतिको लगाव, नियमितता संगै सरल एवं मिजासिलौ उनको स्वभावले उनलाई व्यवसायीक शिष्टता, कौशलता र व्यवस्थापन कलामा निपूर्ण बनाउँदै गयो । उनले मनि ट्रान्सफर हुँदै आइएमई बित्तिय संस्था मात्र खोलेनन्, रेमिट्यान्सको सेवा प्रवाहकै लागि क वर्गकै वाणिज्य बैंकको जरुरी देखेर उनले ग्लोवल बैंकको शुरुवात समेत गरे । बैंकसँगै उनले पर्यटन, जलविद्युत्, होटल तथा चन्द्रागिरी जस्ता परियोजनाहरु बढाउँदै लगे । यसैक्रममा उनले ११ वटा वित्तिय संस्थाहरु गाभेर आफूले नेतृत्व दिँदै आएको बैंकमै ७ वटा समायोजन भएको जनतालाई मिसाइदिए ।

कतिपयले उनलाई ‘ठूलो महत्वकांक्षा बोकेको शिष्ट व्यापारी’ भन्छन् भने कतिपयले उनलाई ‘रिगाउनै र घुमाउने औकात भएको मान्छे’ पनि ठान्छन् । उनी व्यवसायिक काम बाहेक समाजसेवा र विकासका काममा उत्तिकै रुचि राख्छन् । आफूले पढेको स्कुललाई ठूलो सहयोग गरेर उनले बाबुका नाममा स्कुलको अवस्था नै परिवर्तन गरिदिएका छन् भने पश्चिमाञ्चल विकास समाज स्थापना गराएर गण्डकी प्रदेशको विकासमा ध्यान बढाएका छन् । ढकालको समग्र शिष्टता र प्रभाव नेपालका सन्दर्भमा पेचिलो पहुँचका रुपमा पनि देखिदै आएको छ ।

को-को छन् बैंकको बोर्ड अफ डाइरेक्टरमा ?

चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको सो बैंकको डाइरेक्टरहरुमा केशब बहादुर रायमाझी, शुदर्सनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्ण प्रसाद शर्मा, नुमानाथ पौडेल र विनित कुमार अग्रवाल रहेका छन् भने व्यवस्थापन समुहको प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री, वरीष्ठ उपकार्यकारी अधिकृत महेश शर्मा ढकाल, उपप्रमखु कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य, उपमहाप्रबन्धकमा सुरेन्द्रराज रेग्मी, प्रमोद बोहोरा, कल्याणविक्रम पाण्डे, सहायक महाप्रबन्धकमा भवानी ढकाल, बुद्धि अकेला, प्रमुख वित्तिय अधिकृतमा राजा अर्याल, मानब संशाधन प्रमुखमा दीपचन्द्र रेग्मी, सूचना प्रविधि प्रमुखमा अनिल जोशी, डिजिटल बैंकिङ प्रमुखमा प्रमेश्वर श्रेष्ठ, बजार तथा व्यवसाय प्रवद्र्धनमा शान्ता शिवाकोटी, प्रमुख संचालन अधिकृतमा गणेश प्रसाद अवस्थि, आन्त्रिक लेखापरीक्षण प्रमुख शुसील श्रेष्ठ तथा ट्रेजरी तथा अन्तराष्ट्रिय बैंकिङ प्रमुखमा रंजन कुमार थापा रहेका छन् ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:४१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...