back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ५ हजार व्यक्तिलाई तालीम दिइने

वि.सं.२०७६ मंसिर २२ आइतवार

663 

shares

२२ मङ्सिर, काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो ।

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ ।

यसैगरी ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालीम प्रदान गर्न लागेको हो ।

बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय सङ्घसंस्थालाई समावेश गरेर पाँचहजार व्यक्तिलाई तालीम प्रदान गर्न लागिएको जानकारी दिए । “बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालीमका लागि रु दुई करोड रकम विनियोजन गरेको छ, जुन भ्रमण वर्षका लागि अपुग रकम हो,” प्रबन्धक घिमिरेले भने । बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप पाँच हजार व्यक्तिलाई पर्यटन प्रवद्र्धनसम्बन्धी तालीम प्रदान गर्ने भएको छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १२:४८ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...