back
CTIZAN AD

तेह्रौँ साग :बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

वि.सं.२०७६ मंसिर २२ आइतवार

927 

shares

२२ मङ्सिर, काठमाडौँ । बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।

यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।

भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पा¥यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २/२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १२:५६ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...