back
CTIZAN AD

‘दाङको ५५ झ्याले दरबार’ जीर्णावस्थामा

वि.सं.२०७६ मंसिर २२ आइतवार

759 

shares

२२ मङ्सिर, दाङ । भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् ।

एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि कोइलाबास नाकाको तुलसीपुर नजीकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । काठ, इँटा र प्लाष्टर सामग्री स्थानीय नै प्रयोग भए पनि आधुनिक तवरले निर्माण गरिएको हुँदा कालिगढ भने भारतबाट झिकाइएको थियो ।

भवन निर्माणको शुरुआत विसं १९१८ मा भएको थियो । भनिन्छ सो भवन तयार हुन नौ वर्ष लाग्यो । राजनीतिज्ञ परशुनारायण चौधरीका बुबा जोखनप्रसादले सोे भवन बताएका थिए ।

देउखुरीमा पर्ने सो भवन वातावरणमैत्री छ । भवनको बीच भाग खुला छाडिएको छ । अरु भाग निकै आकर्षक काष्ठकलाले सिंँगारिएका छन् । भवनको स्वरुप राजामहाराजा बस्ने दरबार जस्तै छ । संरचनामा कुमारीघरको समेत झल्को देखिन्छ । हनुमानढोका दरबारमा भए जस्तै काष्ठकला त्यसमा देखिन्छ ।

भवनका कोठामा झार पलाउन थालेका छन् । धमिराले काठ खान थालेको छ । भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेको छैन । यसको संरक्षण भने भएको छैन । देउखुरीको सो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन । पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक हिसाबसँगै ऐतिहासिक धरोहरका रुपमा स्थापित गर्न चाहे पनि सरकारले त्यसलाई सहज रुपमा स्वीकार नगरेको परिवारका एक सदस्य मनोज चौधरीको भनाइ छ ।

करीब एक बिघा क्षेत्रफलमा फैलिएको मनमोहक सो भवन संरक्षण गर्न नसक्दा ओझेलमा परेको छ । स्थानीय तहले त्यसलाई संरक्षण गर्न चासो देखाएमा यसलाई सङ्ग्रहालय बनाउन सकिने भए पनि वडा तथा गाउँपालिकाले यसका विषयमा केही प्रयास नथालेको स्थानीय आशाराम चौधरीले बताए ।
“नेपाल सरकार, पुरातत्व विभागले एक सय वर्ष पुराना ऐतिहासिक धरोहरलाई संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन”, उनले भने, “दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको भए पनि अहिलेसम्म कुनै आश्वासन व्यवहारमा लागु भएको छैन ।”

त्यस बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएका थिए । प्रदेशले दिएको बजेट पनि परिवारका केही सदस्यले भवन संरक्षणमा लगानी गर्न नदिइएको भवन निर्माणकर्ता जोखनप्रसादका नाति कैलाशचन्द्र चौधरीले बताए ।अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन् । भवन अहिले संरक्षणको पर्खाइ छ । संविधानसभाका सदस्य योगेन्द्र चौधरीले भवन संरक्षण गर्नाको साटो द्वन्द्वकालमा यसलाई भत्काउन लागिपरेको दुखेसो पोखे ।

देउखुरीमा ५५ झ्याले भवन बनाएसँगै जोखनका छोरा परशुनारायण चौधरीले पनि आफ्नो बस्तीमा अर्को राम्रो संरचना बनाएका थिए । यो राज्य संरचनालाई चुनौती थियो । उनले दाङमा राजखानदानको जस्तै संरचनाको भवन बनाएका थिए ।प्रदेशसभा सदस्य इन्द्रजीत थारु भने भवन क्षेत्रको सम्पत्ति सरकारीकरण हुने डरले परिवारका सदस्यले नै लगानी गर्न नदिएको बताउँछन् । प्रदेश सरकारले थारु सङ्ग्रहालय निर्माणका लागि लगानीको प्रयास गरे पनि पारिवारिक सहमति नजुट्दा समस्या भएको उनको भनाइ छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १४:०३ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...