back
CTIZAN AD

नेपाली खेलाडीले जिते अफ्रिकी देश केन्यामा स्वर्ण पदक

वि.सं.२०७६ मंसिर २३ सोमवार

726 

shares

२३ मंसिर,काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडिले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा नेपालले १ स्वर्ण,४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार यहि डिसेम्बर ७ र ८ मा भएको अन्तर्रा्िष्ट्रय प्रतियोगिता नम बिष्ट (कैलाली) ले १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जय बहादुर तामाङ (गोरखा ) १ रजत (फाईट) १ रजत (सामुहिक काता) १ कास्य (एकल काता) र मंगल शाही (सुर्खेत ) ले १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।

संघका उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश केन्याको दोस्रो ठूलो शहर मोम्बासामा भएको ७ औं मोम्बसा खुल्ला तोङ्ग ईल मो–दो अन्तर्रा्िष्ट्रय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडिले पदक जित्न सफल भएका हुन् ।

बिश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकूदमन्त्री,विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक, संघका अन्तर्रा्िष्ट्रय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडिहरुलाई मेडल प्रदान गरेका थिए ।

नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दीरा निरौलाले खादा लगाएर बिदाई गरेकी थिईन् । तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडिहरुले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खुशी ब्यक्त गरे ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १३:१४ मा प्रकाशित

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

डा. राकेश शाह एनएमएमा निर्वाचित

डा. राकेश शाह एनएमएमा निर्वाचित

  काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका...