back
CTIZAN AD

नवलपरासीमा गहुँ ‘जोन’ कार्यक्रम

वि.सं.२०७६ मंसिर २४ मंगलवार

555 

shares

२४ मङ्सिर, नवलपरासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६÷०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले राससलाई जानकारी दिए । “हाल यस क्षेत्रमा परम्परागत रुपमा गरिँदै आएको गहुँखेतीलाई व्यावसायिक तथा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र गहुँमा आत्मनिर्भर हुने उद्देश्यले कार्यक्रम लागू गरिएको हो, चार स्थानीय तहका केही वडामा यो वर्ष कार्यक्रम सञ्चालन हुनेछ, आगामी वर्ष विस्तार गर्दै जान्छौँ”, प्रमुख ओझाले भने ।

कार्यक्रम रामग्राम नगरपालिका १६ र १८, सुनवल नगरपालिका– ११ र १२ पाल्हीनन्दन गाउँपालिका–६ र सरावल गाउँपालिका ३ र ४ मा लागू भएको हो । कार्यक्रमअन्तर्गत लाभान्वित हुने कृषकको यसै महिनाभित्र सूचीकृत गरिने र करिब दुई हजार २०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुने परियोजनाले जनाएको छ । राष्ट्रिय आवश्यकता, स्थानीय सम्भाव्यता र तुलानात्मक लाभको प्राथमिकताको आधारमा यस जिल्लाबाट गहुँबाली छनोटमा परेको हो । नेपाल सरकारले परियोजना लागू भएको एक वर्षभित्र गहुँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । स्वसञ्चालित उन्मुख हुने गरी नेपाल सरकारबाट उपलब्धिमा आधारित सहजीकरण गरिने परियोजनाले जनाएको छ ।

कार्यक्रममार्फत कृषकलाई आधुनिक कृषि औजार तथा उपकरण, प्रविधियुक्त तालीम, साना सिँचाइ कार्यक्रम, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग गरिनुका साथै कृषको खेतीबारीमै पुगेर आधुनिक तरिकाले गहुँ उत्पादन गर्ने विधिको प्रदर्शन गर्ने, अन्य जिल्लामा नमूनाको रुपमा गहुँखेतीको अवलोकन गराउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ । परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

कानूनीरुपमा दर्ता भएका कृषक समूह, कृषक उद्यमी, कृषि सहकारी, जल उपभोक्ता संस्थामार्फत यो कार्यक्रम सञ्चालन हुनेछ । “कार्यक्रमले कृषकको जीवनस्तरमा परिवर्तन आउनेछ, अहिलेसम्मको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कृषिमा व्यावसायिकरण गर्नेछ भन्ने अपेक्षा छ, गहुँको आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्छौं”, एकाइ प्रमुख ओझाले भने ।

कृषिको व्यवसायीकरणमार्फत औद्योगिकीकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलानात्मक लाभका आधारमा छनोट गरिएको जोन कार्यक्रमको क्षेत्र र बालीमा एकीकृतरुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । कार्यक्रमबाट कृषकमा उत्साह थपिने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउँछन् । पश्चिम नवलपरासीमा हाल छ हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गर्ने गरिएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार ११:५२ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...