back
CTIZAN AD

गोकर्णेश्वरमा साहित्य महोत्सव आयोजना हुने

वि.सं.२०७६ मंसिर २५ बुधवार

636 

shares

२५ मङ्सिर, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।

नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । महोत्सवका बारे जानकारी दिन मङ्गलबार नगरकार्यपालिकाको कार्यालयमा आयोजित साहित्यकारको भेलामा नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रको प्रचार प्रसार गर्ने ध्येयले महोत्सव आयोजना हुन लागेको जानकारी दिए ।

यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । “महोत्सवमा पर्यटकीयस्थल तारेभीर, शिवपुरी, वाग्द्वार, सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र, राष्ट्रिय शहीद स्मारक निर्माणस्थल क्षेत्रलगायत स्थानका बारेमा जानकारी दिई यहाँको प्राकृतिक एवं पुरातात्विक महत्व समेटेर साहित्य सिर्जना गर्न प्रेरित गरिनेछ”, उनले भने ।

महोत्सवबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । महोत्सवमा प्रस्तुत गरी सर्वोत्कृष्ट पहिलो कवितालाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।हास्य कवि भैरव अर्याल, आख्यानकार रमेश विकललगायत साहित्यकारको जन्म गोकर्णेश्वर क्षेत्रमै भएको थियो । हाल नगर क्षेत्रमा दुवै जना साहित्यकारको स्मृतिमा खुलेका साहित्यिक संस्था विभिन्न गतिविधिमा क्रियाशील छन् ।

यसैगरी अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठानलगायत साहित्यिक संस्थाले मासिकरुपमा नियमित साहित्यिक कार्यक्रम गरिरहेका छन् । आगामी पुस माघमै साहित्यिक महोत्सव गर्ने प्रस्ताव नगरपालिकाले राखेको साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए । भेलामा १५० भन्दा बढी साहित्यकार, लेखक एवं पत्रकारको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १३:५५ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...