back
CTIZAN AD

फरार अभियुक्त कारागार चलान

वि.सं.२०७६ मंसिर २५ बुधवार

759 

shares

२५ मङ्सिर, सिन्धुपाल्चोक । विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित रु एक करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो ।

लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १५:३८ मा प्रकाशित

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि...

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...