back
CTIZAN AD

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु

वि.सं.२०७६ मंसिर २५ बुधवार

1.3K 

shares

२५ मङ्सिर, काठमाडौँ । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन् ।

सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १५:३१ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...