back
CTIZAN AD

न्युयोर्कको स्थानीय सरकारले घोषणा गर्यो २२ डिसेम्बरलाई ‘रक्तदाता अर्जुन मैनाली दिवस’

वि.सं.२०७६ मंसिर २५ बुधवार

930 

shares

२५ मंसिर, अमेरिका । वेयष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा गरेको छ ।

सन् २००७ देखी ओयष्टर वेटाउनको हिक्सभिलमा बस्दै आएका अर्जुन मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान र उत्प्रेरणा गरेका छन् ।

उनले हालसम्म ६ वटै महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९ पटक प्लेट्लेटस) गरेका छन । उनको आफ्नै रगतले ५१६ जनासम्मलाई बचाउन सहयोग हुन्छ ।

अमेरिकामा दैनिक करीब ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क शहर देखी ४० किलोमिटर टाढाको ओयष्टरवे टाउनमा तीनलाख जनसंख्या छ ।

स्थानिय सरकारले समुदायका कामलाई महत्वपूर्णठानी आम–जनमानसमा सन्देश पुर्याउन दिवस घोषणा गर्दछ । स्थानिय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रियसम्म अतुलनिय योगदान पुर्याएका हुनाले ओयष्टर वे टाउनले विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको हो ।

प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्निलाई सन् १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेर श्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सन्चारगरेका थिए । संसारमा यो नै पहिलो सफल मानव रक्तसन्चार थियो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १५:१४ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...