back
CTIZAN AD

जागिरबाट निकालिदिएको भन्दै आत्महत्या गरिन् अनिताले

वि.सं.२०७६ मंसिर २६ बिहीवार

657 

shares

२६ मंसिर, सिरहा । सिरहामा एक मजदुर महिलाले आफूलाई जागिरबाट निकालिदिएको भन्दै आत्महत्या गरेकी छन् ।

सिरहा गोलबजार ९ मा रहेको मारुती सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएको सूचना जारी गरेको केही क्षणमै गोविन्दपुरकी अनितादेवी पासवानले आत्महत्या गरेको समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

१५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत अनितालाई अपमानजनक रुपमा कामबाट निकालेर आत्महत्या गर्न बाध्य बनाएको भन्दै आफन्त तथा सोहि कम्पनीमा कार्यरत मजदुरले प्रदर्शन गरेका छन् ।

उद्योग व्यवस्थापन विभागले सोमबार अवकास दिएको सूचना टाँसेको थियो । नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी अनिता अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएर नजिकको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुईपटक स्पष्टीकरण सोधेको बताइएको छ । प्रशासकिय अधिकृत मोहन शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनलाई सोमबार सेवाबाट अवकाश दिइएको थियो ।

अनिता उद्योगको अखिल नेपाल औद्योगिक मन्चको सदस्य रहेको समेत बताइएको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:१४ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...