back
CTIZAN AD

रेलको ठक्करले दुई हात्ती मरे

वि.सं.२०७६ मंसिर २६ बिहीवार

786 

shares

२६ मसिंर, कोलकत्ता । यात्रुवाहक रेलले ठक्कर दिएर भारतमा बुधबार दुई हात्ती मरेका छन् ।

दाहसंस्कार गर्नुअघि ती हात्तीको शवलाई फूलमालाले सिङ्गाँरेर राखिएको र श्रद्धाञ्जलि दिइएको थियो ।रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तीमा २६ हात्ती मरेका छन् भने अरू कैयौँ घाइते भएका छन् ।

ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात्ती गर्भवतीसमेत रहेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् । स्थानीय समयानुसार ४ः३० मा घटना भएको हो । उत्तरी सीमा क्षेत्रको रेलमार्गमा बाटो पार गर्न लाग्दा रेलले ती हात्तीहरूलाई ठक्कर दिएको रेल सेवाका प्रवक्ता सुभानान चन्दले जानकारी दिए ।

रेलमार्गमा टाढासम्म देखिने गरी भिजिबिलिटी नरहेकाले नदेखिएर रेलले हात्तीलाई ठक्कर दिएको उनले बताए । विगतमा पनि यस्ता घटना भएको र हात्तीलाई ठक्कर दिएर मर्नेक्रम चलिरहेकाले रातको समयमा रेल नचलाउन पटकपटक रेल सञ्चालकहरूलाई आग्रह गरिएको वन्यजन्तु अधिकृतहरूले बताएका छन् ।

रेलको ठक्कर खाएर हात्ती मरेपछि दर्जनौँ स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका थिए । उनीहरूमध्ये केहीले हात्तीका लागि प्रार्थनासमेत गरेका थिए ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:०८ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...