back
CTIZAN AD

वडाअध्यक्ष माथि नै सामुहिक बलात्कारको आरोप

वि.सं.२०७६ मंसिर २६ बिहीवार

876 

shares

२६ मंसिर, राजविराज । वडाअध्यक्ष माथि एक महिलाले सामुहिक बलात्कार प्रयासको आरोप लगाएकी छिन् ।

आरोप लागेका वडा अध्यक्ष हुन् सप्तरीको सम्भुनाथ नगरपालिका १२ का ५५ वर्षीय लक्ष्मी साह । सामहिक बलात्कारको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई पक्राउ गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

वडा अध्यक्ष साह स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचति भएका हुन् । उनले सोही वडा निवासी भनिएकी महिलालाई सामुहिक बलात्कारको प्रयास गरेको आरोप ती महिलाले लगाएकी छन् ।

ती महिलाले प्रहरीमा दिएको उजुरीमा साहले गत मंसिर १४ गते दुईजना मानिसलाई मोटरसाइकलमा पठाइ, ‘तिमी सँग केही कुरा गर्नुछ वडा अध्यक्षले बोलाउनु भन्नुभएको छ’ भन्दै कुखुरा फर्ममा बोलाई लगेको र त्यहाँ पुग्दा सामुहिक बलात्कारको प्रयास गरिएको उल्लेख गरेकी छन् ।

तर, वडाअध्यक्षले भने गाउँकै विवादमा ती महिलालाई पंचायतका लागि बोलाइएको र उनको अनूकुल पंचायतमा निर्णय नहुने देखेपछि रिसाएर हिँडेको बताएका छन् ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:५६ मा प्रकाशित

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...