back
CTIZAN AD

संखुवासभाको एक वडा कार्यालयमा आगजनी

वि.सं.२०७६ मंसिर २६ बिहीवार

933 

shares

२७ मङ्सिर, संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ११:४९ मा प्रकाशित

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...