back
CTIZAN AD

प्रधानमन्त्रीले के बोले र त्यस्तो कांग्रेस नेता महतलाई हाँसो लाग्ने गरी ?

वि.सं.२०७६ मंसिर २६ बिहीवार

1K 

shares

२६ मंसिर, काठमाण्डौं । दुई दिन अघि (१० डिसेम्बर) नेपालमा सम्पन्न भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सोचेभन्दा बढी सफलता हात मात्रै पारेन, सागको इतिहासमै सबैभन्दा बढी स्वर्ण हात पारेर ६ राष्ट्र ( भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, मालदिभ्स) काबीच नेपालले आफूलाई दोश्रो स्थानमा अब्बल साबित गर्दैे अर्को सफलता हासिल गरेको छ । नेपालले सागमा यस्तो सफलता हासिल गर्न सक्छ भन्ने सायदै नेपालीको मनमा थियो ।

सोहि सागमा स्वर्ण, कास्य तथा रजत पदक जितेर नेपालको शिर उचो बनाएका नेपाली खेलाडीलाई सम्मान, पुरस्कार वितरण तथा सम्बोधन गर्ने क्रममा बुधबार प्रधानमन्त्रीले जलपरी गौरिका सिंहका सामु ‘म पनि स्विमर हुँ’ भनेर बोलेको कुराले सामाजिक संजालमा चर्चा पाएको छ ।

यसै विषयलाई लिएर सर्वसाधारणमात्र नभएर कांग्रेस नेता रामशरण महतले समेत सामाजिक संजाल ट्विटरमा प्रधानमन्त्रीको व्यंग गर्न समेत भ्याएका छन् । त्यति नै शब्द खर्च गरेर नेता महतले खेलाडीलाई शुभकामना दिन सक्थे, नेपालमा आयोजित सागको सकारात्मक पक्षमा आयोजकको सह्राना गर्दै यात फेरि नकारात्मक पक्षमा सुझावसहितको ट्विट गर्न पनि सक्थे तर नेता महतले प्रधानमन्त्रीलाई व्यंग गर्दै आत्मरति लिएका छन् भन्दा फरक नपर्ला ।

उनले भनेका सामाजिक संजाल ट्विटमा लेखेका छन्, ‘ओलीजीले गौरिकासँग भेट्दा म स्विमर हुँ भन्नुभएछ । विकास कुथुसँग भेट्नु भएको भए म राम्रो गोलकीपर थिएँ भन्नु हुन्थ्यो होला । म्याग्नस कार्लसनसँग भेट्नु भयो भने म खत्रा चेस प्लेयर थिएँ भन्नुहोला । अनि जोनी सिन्ससँग भेट्नु भयो भने चैं के भन्नुहुन्थ्यो होला ? सोच्दा नि हाँसो लाग्छ ।’

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:३२ मा प्रकाशित

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै...