back
CTIZAN AD

हरेक संस्कृति सर्वमान्य छन् – मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ मंसिर २६ बिहीवार

726 

shares

२६ मङ्सिर, मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताएका छन् । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीका रुपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गरेका छन् ।

“चिसो मौसम शुरु भएपछि बेंसी अर्थात् उँधो झर्नुपर्ने प्रक्रिया शुरु गरिने दिनका रुपमा तथा मानिस मात्र नभएर जनावर, चराचुरुङ्गीसमेत चिसो छल्न लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न एवं अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइने भएकाले यो नेपाली किसानको खुशी साट्ने पर्व पनि हो”, सन्देशमा भनिएको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १५:०२ मा प्रकाशित

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...