back
CTIZAN AD

१७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

वि.सं.२०७६ मंसिर २९ आइतवार

873 

shares

२९ मसिंर, विराटनगर । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ ।

मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीद्वारा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जानकारी दिए । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषिका कविकवयत्रीलाई सम्मान गरिने छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटन स्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशन नेपालका सल्लाहकार पङ्कज बर्माले बताए । सम्मेलनको अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका विभिन्न २० वटा कक्ष राखिने उनले बताए । सम्मेलनका लागि रु २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १४:३७ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...