back
CTIZAN AD

नेकपाको स्थायी समितिको बैठक सम्पन्न, अर्को बैठक भोली बस्ने

वि.सं.२०७६ मंसिर २९ आइतवार

657 

shares

२९ मंसिर, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक पार्टी कार्यालय धुमबाराहीमा सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले पार्टी केन्द्रीय सचिवालयको तर्फबाट राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

त्यसैगरी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना सहित प्रस्ताव समेत पारित गरेको छ ।

बैठकमा पार्टी अध्यक्षद्वय ओली र दाहालका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

त्यसैगरी पार्टीको अर्को बैठक भोली (सोमबार) ११ बजे धुमबाराहीमा बस्ने जनाइएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १६:४० मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...