back
CTIZAN AD

घर फर्कनेहरुलाई थप सहजीकरण गर्दै मलेसियास्थित नेपाली दूतावास

वि.सं.२०७६ मंसिर २९ आइतवार

1.2K 

shares

मलेसिया सरकारले कागजातविहिन वा अवैधानिक भै मलेसिया बसेका नेपालीहरुलाई नेपाल फर्काउन सहज बनाउन मलेसिया स्थित नेपाली दूतावास सक्रियतापूर्वक लागिपरेको छ ।

आममाफीको फाइदा लिँदै नेपाल फर्कन चाहने त्यस्ता नेपालीहरुको कामलाई सहज बनाउन बिहान देखि बेलुकासम्म जुट्नुका साथै सार्वजनिक बिदाका दिनसमेत केही घण्टाका लागि दूतावास खुला राखिने जानकारी सहित नयाँ समयतालिका प्रकाशित गरेको छ । मंसिर ३० देखि पुष १५ गतेसम्मका लागि दूतावासले नयाँ समयतालिका ल्याएको हो ।

दूतावासले जारी गरेको सूचना अनुसार सोमबारदेखि शुक्रबार सम्म बिहान ८ बजेदेखि ५ बजेसम्म दूतावासका अन्य काम हुनेछन् भने शनिबार र आइतबार बिहान १० बजे देखि दिउँसो २ बजेसम्म यात्रा अनुमती पत्र तथा घरर्फीति कार्यक्रमसम्बन्धी सेवा प्रवाह गरिने जानकारी गराइएको छ ।

मागपत्र प्रमाणीकरणको लागि काजगात बुझाउने समय भने साविक ९.३० बजेदेखि दिउँसोको १२ बजेसम्म मात्र हुने बताइएको छ ।

मलेसिया सरकारले मलेसियामा बसेका विदेशी नागरिहरुलाई आफ्नो मुलुक फिर्ता हुन १ अगष्ट २०१९ देखि ३१ डिसेम्वर २०१९ सम्म ५ महिनाका लागि आममाफी कार्यक्रम ल्याएको छ । उक्त अवधिमा नफर्किए उनीहरुविरुद्ध कडा कारवाही गरिने जनाइएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १६:१३ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...