back
CTIZAN AD

ओमानमा भ्रमणवर्ष बारे अन्तरक्रिया, सफल बनाउन जुट्ने प्रतिबद्धता

वि.सं.२०७६ मंसिर २९ आइतवार

825 

shares

ओमानको मस्कटमा रहेको नेपाली दूतावासले भ्रमण वर्ष २०२० लाई सफल बनाउन जुटिसकेको छ ।

यससन्दर्भमा डिसेम्बर १३ मा ओमान स्थित नेपाली दूतावासमा नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

अल फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका उपसचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य, उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

उक्त कार्यक्रममा नेपाली राजदूतावास मस्कटका राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन खाडि क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने विषयमा जोड दिँदै ओमानमा यो कार्यक्रमको आयोजना गरेकोमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयप्रति आभार व्यक्त गरिन् । राजदूत ढकालले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले गैरआवासीय नेपाली संघसँग “नेपाल भ्रमण बर्ष २०२०” लाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवर्द्धनका लागि गैरआवासीय नेपालीहरुको महत्त्वपूर्ण योगदान रहनु पर्ने विचार समेत व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदाय लगायत उपस्थित सम्पूर्ण महानुभावहरुले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावहरूसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरू लगायत ‌ओमानस्थित नेपालीहरू सहित गरी करिब १०० जनाको उपस्थिति रहेको थियो।

वि.सं.२०७६ मंसिर २९ आइतवार १५:३८ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...