back
CTIZAN AD

प्रचण्ड प्रतिवेदन : पार्टी संस्थागत गर्ने प्रतिबद्धता

वि.सं.२०७६ मंसिर ३० सोमवार

876 

shares

३० मंसिर, काठमाण्डौं । आइतबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब पार्टी संस्थागत हुने बताएका छन् ।

एकतापछिको दोश्रो स्थायी समितिको बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै दाहालले दुई ठूला वाम दलको एकतापछि पार्टी संस्थागत हुन नसकेको स्वीकार गरेका छन् ।

दाहालको प्रतिवेदनमा एकता प्रक्रिया समयमै नसकिँदा पार्टीभित्र गुटबन्दी मौलाएको स्वीकार गरिएको छ । पार्टी गुटबन्दी र अन्योलको सिकार बनेको कारण सरकार र पार्टीले गरेका राम्रा कामहरु जनमानसमा प्रभावकारी तरिकाले लग्न नसकिएको चिन्ता समेत अध्यक्ष दाहालले व्यक्त गरेका थिए ।

दाहालले जनताको बहुदलिय जनवाद र मदन भण्डारीले स्थापित गरेको प्रतिश्प्रधी संगठन सिद्धान्तकै कारण आज कम्युनिष्ट आन्दोलनले यो सफलता प्राप्त गरेको विषयलाई आफ्नो प्रतिवेदनमा विशेषरुपले उल्लेख गरेका छन् ।

पार्टीभित्र कमजोरी रहेको स्वीकार्दै अध्यक्ष दाहालले अब पार्टी पूरै संस्थागत र गतिशील बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

दाहालको आठ बुँदे सुझावमा पार्टी र सरकारविरुद्ध बोल्ने माथि पार्टी एकढिक्का भएर बोल्ने प्रतिबद्धता व्यक्त गरिएको छ । अब पार्टीभित्र पाटी र सकारविरुद्ध बोल्ने र गुटबन्दी गर्नेहरुको स्थान नहुने समेत दाहालको प्रतिवेदनमा व्यक्त गरिएको छ ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:३३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...