back
CTIZAN AD

सकियो नेकपाको बैठक, अध्यक्षद्धयको प्रतिवेदनमाथि छलफल जारी, कसले के भने त आज ?

वि.सं.२०७६ मंसिर ३० सोमवार

1.3K 

shares

३० मंसिर, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको चौथो बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समितिको आजको बैठकमा आइतबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नै छलफल तथा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।

बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु प्रसाद पौडेलद्धारा प्रस्तुत विधान संशोधन प्रस्तावमा नेताहरुले सुझावसहित आ–आफ्ना धारणा राख्नेक्रम चलिरहेको छ ।
आज स्थायी कमिटीका १२ जना सदस्हरुले प्रतिबेदन संशोधन प्रस्तावमाथि आ–आफ्ना धारणा राखेको पार्टी प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गरेका थिए ।

उनीहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राखेका छन् । स्थायी समितिको पाँचौ बैठक भोलि पुस १ गते बिहान ११ बजे धुम्बाराहीमा बस्ने बताइएको छ ।

प्रचण्ड प्रतिवेदन : पार्टी संस्थागत गर्ने प्रतिबद्धता

वि.सं.२०७६ मंसिर ३० सोमवार १७:३० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...