१ पुष, काठमाण्डौं । कतारस्थित नेपाली दूतावास भोली बन्द हुने भएको छ ।
कतारको राष्ट्रिय दिवसको अवसर पारेर पुष २ गते (डिसेम्बर १८) मा दूतावास बन्द रहने दूतावासद्धारा जारी सूचनामा जनाइएको छ ।
दूतावासका अनुसार पुष ३ गते (डिसेम्बर १९) देखि दूतावास पूर्ववतरुपमा खुला रहनेछ ।
वि.सं.२०७६ पुस १ मंगलवार १४:३४ मा प्रकाशित






























