१ पुस , काठमाडौँ । गत मसिंर १४ गते भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित विद्या भट्टराईले आज मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
सभासद् भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा शपथ गराएकी हुन् ।
सभामुखबाट सपथ गराइदैं आएपनि सभामुख नभएका कारण पहिलोपटक उपसभामुखबाट शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।
शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।
कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी भएकी थिइन् ।
वि.सं.२०७६ पुस १ मंगलवार १४:३८ मा प्रकाशित






























