back
CTIZAN AD

नेकपाको चौथो बैठक सम्पन्न, आजको बैठकमा कसले के भने त ?

वि.सं.२०७६ पुस १ मंगलवार

831 

shares

१ पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको चौथो बैठक सम्पन्न भएको छ ।

तीनदिन देखि लगातार चलेको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि नै नेताहरुले विभिन्न कोणबाट आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा नेकपाको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको आजको बैठकमा पार्टी अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रहेको बताइएको छ ।

यसक्रममा आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेका छन् । जसमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । पार्टीको बैठक पुन भोली ११ बजे बस्ने जनाइएको छ ।

वि.सं.२०७६ पुस १ मंगलवार १७:१६ मा प्रकाशित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि...

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ मा दुई जना किरियापुत्रीले मतदान...

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

काठमााडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...