वरिष्ट अधिवक्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कैन्द्रिय सदस्य खिमलाल देवकोटाले पुरातन भाष्य र परीकल्पना मात्रले बर्तामान चुनौती पार लगाउन नसकिने बताएका छन् ।
उनले भनेका छन ‘पुरातन भाष्य र परिकल्पनामा अभ्यस्त नेताहरुका लागि समयानुकुल परिस्थितिको मौलिक व्याख्या गर्ने र तदनुकुल पहलकदमी लिने कुरामा वानी परिसकेको छैन जो यतिवेला चुनौति वनेर आएको छ ।’
गोरखापत्र मार्फत् धारणा सार्वजनिक गर्दै उनलै भनैका छन ‘ आजभन्दा साठी वर्ष अघि आजकै दिन सैनिक वलमा दलमाथिको प्रतिवन्ध संगै निर्दलिय पंचायतको आरम्भ भएको थियो तर आज तिनै प्रतिवन्दित दलहरु निर्णय छन् र प्रतिवन्ध लगाउने राजा ईतिहास वनिसकेकाछन् । यस दिनमा तिनै ऐतिहासिक पात्रका रुपमा रहेका दलहरुसंगको अपेक्षा र तिनले सामना गर्न परेका चुनौतिको चर्चा गर्नु सर्वथा समसामयिक नै हुनेछ । संयोग नै भनौ यति नै वेला सत्ता र प्रतिपक्षी दलहरु ऐतिहासिक निर्णय लिने गरी वैठकमा छन् । ती वैठकले गर्ने निर्णयका आधारमा आगामी दिनमा देश जनता र समाज प्रभावित हुने कुरा निश्चित छ । दलिय पद्दतिमा राज्य संचालनका दृष्टिले जिम्मेवार दलहरु नै हुन्छन् । सत्तारुढ दल सम्हालियो त्यहाँ उन्नति प्रगति र ख्याति तुलनात्मक रुपमा वढी हुन्छ सत्तारुढ पार्टीको भद्रगोलले देश र जनता सोको प्रत्यक्ष मारमा पर्ने गर्दछन् । सत्तारुढ दललाई समाल्न प्रतिपक्षीको पनि भुमिका अहम नै हुन्छ । यो सच्चाईका आधारमा नेपाली राजनीतिमा देखा परेको सत्ता राजनीतिको अलमल र त्यसका प्रभावहरुलाई केलाउने उद्देश्यले यो बहश गरिएको हौ । ’
उनले अगाडि भनेका छन् ‘नेपाल यतिवेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चौथो वर्षमा छ । नया सविधानसंगै सुखी नेपाली समृद्ध नेपालको नारा परिपुर्ति गर्ने लक्ष सरकारले राखेको छ । यस्तो खास घडीमा सत्तारुढ पार्टीको स्थायी समितिको वैठक एक वर्षमा पहिलो पटक वसे पनि केन्द्रिय समितिको पालो आएकै छैन । वितेका एक वर्षमा नीतिगत निर्णय वाहेक दैनिक आईपर्ने काम गर्नकालागि वनाईएको सचिवालयले सवै काम सम्पन्न गरिआएको छ , लाखौ लाख कार्यकर्ता र नेताहरुको पक्ति वेरोजगार छ । यो सत्तारुढ दलका सामु खडा भएको गंभिर चुनौति हो । यही चुनौतिलाई थपिदिने गरी विपक्षी दलको हालत पनि उस्तै छ महाधिवेशन लगत्तै गठन गर्न पर्ने न्युनतम कामहरु पनि अर्को महाधिवेशन गर्ने वेलासम्म पनि फत्ते गरिदैनन् त्यसमा पनि पार्टी भित्रैका गुटहरु वैठक वहिस्कार गरेर जग हसाई गरिरहेकाछन् । विश्वव्यापि रुपमा आएको लोकतन्त्रको लहरमा गत्यारोध आए जसरी दक्षिणपन्थ हावी हुदै लोकतान्त्रिक प्रकृयावाटै अलोकतान्त्रिक एजेण्डाहरु सहित कटटरपन्थीहरु एक पछि अर्को गर्दै चुनाव जित्दैछन भन्ने पछिल्लो उदाहरण वेलायतले देखाएकोछ भने छिमेकीहरुको लोकतन्त्रको हालत र दक्षिण एशियाली मुलुकहरुमा वगेको हावा स्वयं पनि उति स्वस्थ्यकर छैन भन्ने नै तथ्यहरुले देखाएकाछन् । छिमेक, दक्षिण एशिया, एशिया प्यासिफिक र विश्वकै पुरातनपन्थी लहरमा नेपाली राजनीतिको अग्रगमनको यात्रा जारी राख्न नेपाली राजनीतिक दलहरु त्यसमा पनि सत्तारुढ दलकालागि निकै चुनौतिको विषय वनेको छ । ’
चुनौतिको प्रकृतिलाइ नयां ढंगले देखाउदै उनले भनेका छन् ‘ अग्रगमनको यात्रा हाक्न आन्तरिक पंक्तिमा मजवुत एकता, लक्ष प्राप्तिमा एकनिष्ठता, उद्देश्यमा प्रष्टताका साथसाथै वाह्य परिवेशको पनि साथ सहयोग समर्थन र सदभावका साथसाथै विपरित पक्तिमा अलिकति मात्रै भए पनि विग्रह कलह र फुटको अवस्था हुनु आवश्यक ठानिन्छ । कुनै वेला लेनिनले क्रान्तिकालागि आन्तरिक एकता र दुश्मन पक्तिमा फुट अनिवार्य तत्वका रुपमा व्याख्या गरेका थिए त्यसै हाराहारीको अवस्थाको परिकल्पना आजपर्यत्न पनि गर्ने गरिन्छ । यस खाले आवश्यकताको परिपुर्ति यतिवेलाको परिवेशले पस्किन सकेको छैन । आन्तरिक पंक्तिमा विश्वासिलो एकता र अन्तर विरोधी पक्तिमा आशंका सहितको टुट फुट यतिवेला अपेक्षित छैन । पुरातन भाष्य र परिकल्पनामा अभ्यस्त नेताहरुकालागि समयानुकुल परिस्थितिको मौलिक व्याख्या गर्ने र तदनुकुल पहलकदमी लिने कुरामा वानी परिसकेको छैन जो यतिवेला चुनौति वनेर आएको छ । ’
कालापानी र सुस्ता वाहेक अरु सवै सिमा विवाद हल भयो भनेर सरकारी पक्षले भन्न थालेको धेरै भएको थियो तर जव दक्षिणको छिमेकीले जम्मु कस्मिरको विशेष अवस्थाको अन्त गरी लद्दाक समेतको स्थितिलाई परिवर्तन गरी नयाँ नक्सा सार्वजनिक गरयो नेपालमा फेरि एकपटक कालापानी लिम्पिया धुरा लिपुलेक हाम्रै हो भन्ने आवाज वुलन्द वनेको छ । सरकारले चालेको कुटनैतिक पहल सह्रानीय हुदा हुदै पनि भारतको रेस्पोन्सहिनताले सरकारलाई कठिन भैरहेको छ । चिनको वेल्ट एण्ड रोड, भारतको सडक विस्तार आयोजना र अमेरिकी इण्डो प्यासिफिक स्ट्राटेजी एकसाथ टकराउदा यी सवैको उपयुक्त व्यवस्थापनको चुनौति पनि सरकारका सामु थपिएको छ भन्दै उनले सुझाव समेत दिएका छन ।
विकास, कुटनीति र सामरिक मामला सवैमा एकसाथ वामे सर्न थालेको वखत, भुपरिवेष्टितवाट भुजडितमा रुपान्तरण हुदै गरेका वखत विकास र समृद्धिकालागि दिल दिमागहरु खुला गरेका वखत अनपेक्षित तत्वले गर्ने हर्कत र खेल्ने गन्धा खेलको पनि उपयुक्त व्यवस्थापन सरकारका लागि चुनौति वनेको दैवकोटाको ठहर छ । एकात्मक राज्य संघीय वन्दै सात प्रदेश, सतहत्तर जिल्ला सातसय त्रिपन्न स्थानीय सरकारहरुका चुलिएका अपेक्षा र अनिवार्य आवश्यकताको समुचित तालमेल र आमसी सन्तुलन मिलाउने चुनौतिको सामना वाह्य चलखेललाई निस्तेज पार्दै आन्तरिक व्यवस्थापनमा जुटन पर्दा सिर्जना भएका आफनै चुनौति पनि कम चानेचुने छैनन् भन्दै उनले दुई पार्टीको एकताले अन्तिम रुप लिन अनपेक्षित समय लागेका वखत सिर्जना भएमा मनोमालिन्य, मनमुटाव र शंका आशंकाहरुको चित्तवुझदो जवाफ सहितको व्यवस्थापन पार्टी र सरकार दुवैको गंभिर चुनौतिका रुपमा आएको सत्य तथ्यले नै पुष्टि गरेको पनि बताएका छन ।
संक्रमण व्यवस्थापनको चुनौति र दलको व्यवस्थापन बारे उनले समिक्षात्मक धारणा राखेका छन । उनले भनेका छन् ‘ दल र सरकार दुवैकालागि आफु अभ्यस्त भएको वाटोमा हिडदा आजको आवश्यकताको संवोधन नहुने नयाँ वाटोको निर्माण गर्दा अलमलिने असफल हुने र जोखिम आइृपर्ने खतराको मार्गमा सवारी चलाउनै पर्ने वाध्यता नै यतिवेलाको राजनैतिक संक्रमणले खडा गरेका चुनौति हुन ती चुनौतिले कुशल व्यवस्थापनको माग गर्दछ । खतरा र चुनौतिपुर्ण ठानिएको संक्रमणको समुचित व्यवस्थापनले विकास र समृद्धिको फडको मार्न सघाउ पुराउने र व्यवस्थापनमा कमजोरी देखिएमा संक्रमणले पुरानैतर्फ फर्काउन सघाउने गरेका दृष्टान्तहरु पनि हामी देख्ने भोग्ने गरेका छौ त्यो तितो सत्यवाट हामी र हाम्रो परिवेश अछुत छैन भन्न कुनै गाह्रो छैन ।
संक्रमणको व्यवस्थापनको चुनौति सफलतापुर्वक सामना गर्नुमा नै सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने कुरामा भने ढुक्क हुन सकिन्छ । यो दलिय व्यवस्था हो । दलहरुको त्याग समर्पण र वलिदानका मुल्यमा यो परिवर्तन प्राप्त भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली जनताले चुकाएको रगतकै मुल्यमा प्राप्त भएको हो । यो महान सफलता पनि हो । यो पनि साँचो हो कि सफलता संगै चुनौति पनि आईलाग्दछ । सफलताको उपभोग चुनौतिको व्यवस्थापन र सामनाका वलमा मात्रै हुन्छ भन्ने कुरा पनि आत्मसात गर्न जरुरी छ । यसकालागि निरंकुशताका विरुद्ध ज्यानको वाजी राखेर संघर्ष गर्न सक्ने, एक पछि अर्को लडाईका मोर्चाहरुमा आफुलाई अव्वल सावित गर्न प्रतिस्पर्धा गर्न सक्ने, शहिदको कोटा चुक्ता गर्न आफुलाई सदैव तयार राख्ने विशाल पक्ति पार्टी संग छ । पुग नपुग करोडको संख्यामा मतदाता, लाखौको संख्यामा पार्टी सदस्य र हजारौको सख्यामा नेताहरुको पल्टन छ । विभिन्न आरोह अवरोह पार गरेका र विभिन्न आन्दोलनले जन्माएका र संघर्षको भटटीमा खारिएका नेतृत्वको पक्ति छ । जतिसुकै कठिन र प्रतिकुल भए पनि यतिवेला लोकतन्त्रको विकल्प छैन भन्ने अन्तराष्ट्रिय जनमत छ सार्वभौमिकता समानता र भातृत्व र सहअस्तित्व आजका राजनीतिका मुल्य वनेको अन्तराष्ट्रिय परिवेश छ । यस्तो खुला पारदर्शी र प्रतिस्पर्धालाई प्राथमिकतामा राख्ने जमानामा जनताका सामु श्रेष्ठता हासिल गर्दै लोकपृय मत सहित लोकतान्त्रिक विधिवाट जनतावाट प्रत्यक्ष चुनिएको झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको पार्टी पक्ति हुनु नेपाली राजनीतिको गर्व गर्न लायक परिघटना पनि हो । यो अवसर वर्तमान चुनौति सामना गर्न नसक्ने प्रकृतिको छदै छैन । प्राप्त परिवेश खडा चुनौतिकालागि अत्यन्त अनुकुलै अनुकुल मात्रै छ । खाली पार्टी पक्तिको व्यवस्थित परिचालन गर्न मात्रै वाकी छ । देश पार्टी र सरकारका सामु खडा भएका चुनौतिहरुलाई सुचिवद्ध गर्दै योजनावद्ध तवरले वैज्ञानिक विश्लेशणका आधारमा कार्यविभाजन गरी लक्ष निर्धारण गर्दै सिंगो पार्टीलाई कार्यक्षेत्रमा खटाउने यतिवेलाको खाचो हो । कार्यक्षेत्रवाट फर्किए पछि काम र प्रगतिको वस्तुनिष्ठ मुल्यांकन, नेता कार्यकर्ताहरुलाई दण्ड र पुरस्कारको व्यवस्थाको अभ्यास गर्न मात्रै आंट पार्टीले गरयो भने मात्रै पनि वर्तमानका आवश्यकताको पुर्ति र अपेक्षा हासिल गर्न सकिन्छ ।’
पाटीका चुनौती थैग्न उनले सुझाव दिदै भनेका छन् ‘कम्युनिष्ट पार्टी हुनाका नाताले पार्टी सदस्यताको अनिवार्यता, कुनै न कुनै पार्टी कमिटिमा संगठित हुनै पर्ने आवश्यकता र पार्टीले सुम्पेको जिम्मा पुरा गर्ने प्रतिपद्धता जस्ता मान्यतामा आधारित लेनिनवादी संगठनात्मक पद्दतिको अनुशरण गर्नुको विकल्प छैन । यो मान्यताका आधारमा हरेक पार्टी सदस्यको आफनो जिम्मेवारीको निर्धारण गर्ने कुरामा पार्टी चुक्न हुदैन भने संगसंगै नेपाली वामपन्थी आन्दोलनको विशेषता नै अभियान देखि अभियान सम्म अर्थात हरेक काम अभियानात्मक ढंगले गर्ने आदतको पनि सम्मान गर्दै कार्ययोजना वनाउन जरुरी छ । आजको युगको कार्यविभाजन हरेक व्यक्तिको रुचि, योग्यता र क्षमताका आधारमा परिणाममुखी वनाउने शर्तमा हुन अनिवार्य छ । एक व्यक्ति एक कार्यकारी पदको मान्यतालाई अक्षरस पालना गर्दै, कार्य विभाजनमा कोही नछुटुन कोही नदोहारिउन भन्ने कुरा हेक्का राखेर गर्न खुटटा कमाउन हुदैन ।’
वि.सं.२०७६ पुस १ मंगलवार १७:२७ मा प्रकाशित