back
CTIZAN AD

तालिका बनाई काम गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

वि.सं.२०७६ पुस ३ बिहीवार

543 

shares

३ पुस, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ भने ।

सो अवसरमा उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन समेत गरेका थिए । “विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,” मुख्यमन्त्री शाहीले भने, “तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।”
कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षलाई राखेर सङ्घीयता र जनताको मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाए । संविधान, सङ्घीयताको मर्म र जनअपेक्षाअनुसार विकास हुन नसकेको भन्दै उनले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गरे ।
अस्पताल अनुगमन
मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, स्वास्थ्य सेवा कार्यालय कालीकोटको अनुगमन गरेका छन् । तीनअघि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकलगायतले उक्त अस्पतालको अनुगमन गरी उपचार सेवा, जनशक्ति परिचालन र उपकरणको प्रर्याप्तताका बारेमा जानकारी लिएका थिए ।

मुख्यमन्त्री नेतृत्वको टोलीले आजै स्वास्थ्य कार्यालयको भौतिक संरचना, जनशक्ति र सेवा प्रवाह अवस्थाका अनुगमन गरेको छ । अनुगमनका क्रममा हाल ३० श्ययाको अस्पतालमा जनशक्तिको कमी, भौतिक उपकरण तथा संरचना अभावले सेवा प्रवाहमा देखिएको समस्या तीनै तहका सरकारको समन्वयमा समधान गर्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।
कार्यालय निर्मार्णाधीन ५० श्ययाको अस्पताल र पञ्चदेवल पर्यटनस्थलको पनि अनुगमन पनि टोलीले गरेको थियोे ।
निर्देशक समितिको बैठक
यसैगरी चालू आवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्ने लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत निर्देशक समितिको बैठक मुख्यमन्त्री शाहीको अध्यक्षतामा कालीकोटमा सम्पन्न भएको छ ।

सम्बन्धित क्षेत्रको सांसदलाई राखेर लक्षित वर्ग विशेष कार्यक्रमको कार्यान्वयन, गाउँस्तरमा हुने कार्यक्रमको सञ्चालन, बस्तीमै पुगेर हुने सञ्चालक समिति गठन गर्नेलगायतका विषयमा बैठकमा छलफल भएको कृषिमन्त्री केसीले जानकारी दिए । मन्त्री केसीका अनुसार सहकारी नमूना गाउँको कार्यक्रम प्रभावकारिताका लागि नरहरिनाथ गाउँपालिका र समन्वय प्रमुखसँग पनि छलफल गरिएको थियो ।

मुख्यमन्त्री शाहीले यही मङ्सिर २७ गते जाजरकोट पुगेर कार्यालय प्रमुखलाई बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिएका थिए ।

वि.सं.२०७६ पुस ३ बिहीवार १३:३३ मा प्रकाशित

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख...

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको...

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

प्रतिनिधिसभा निर्वाचनः जुम्लामा धमाधम तयारी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...