back
CTIZAN AD

सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला

वि.सं.२०७६ पुस ३ बिहीवार

807 

shares

३ पुस, काठमाडौँ । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा६च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो ।

सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । “उक्त जिपले मान्छे बोक्न पाउँदैन, सामान ढुवानी गर्ने मात्र हो”, उनले भने, “सवारी ऐन दर्ताविपरीत ढुवानीमा दर्ता भएको जिपले मान्छे बोकेपछि कारवाहीका लागि नियन्त्रणमा लिएका हौँ ।”

विवाहमा जाँदै गरेको जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पु¥याएको जनाएको छ । यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग१ख ९५५५ नंको बसलाई नियन्त्रणमा लिएको छ ।

व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले शैक्षिक भ्रमण लैजाने क्रममा २६ जना क्षमताको सिटमा ६० जना विद्यार्थी राखेपछि बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुई वटा बस खोेजेर विद्यार्थीलाई भ्रमण लैजाने व्यवस्था समेत मिलाइदिएको थियो ।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

कारको लाइसेन्सले बस चलाएपछि
साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । कार÷जिप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा४ख ९३२० नं को विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए । बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो । “विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौँ”,उनले भने, “साथै दुई हजार जरिवानासमेत गरिएको छ ।”

वि.सं.२०७६ पुस ३ बिहीवार १४:५६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...