back
CTIZAN AD

क्याटलान सरकार प्रमुखले बाँकी कार्यकाल सार्वजनिक पदमा रहन नसक्ने स्पेनी अदालतको ठहर

वि.सं.२०७६ पुस ४ शुक्रवार

651 

shares

४ पुस, बार्सिलोना ।  स्पेनको एक अदालतले बिहीबार क्याटलोनियाका सरकार प्रमुख क्विम टोराले बाँकी कार्यकाल (१८ महिना) सार्वजनिक पदमा रहन नसक्ने ठहर गरेको छ ।

उनले सार्वजनिक कार्यालयहरूमा स्पेनबाट क्याटलोनियाको ‘स्वतन्त्रता’ का लागि राखिएका चिह्न हटाउन नसकेको भन्दै यसले स्पेनको राष्ट्रियतामा नकारात्मक असर परेको निष्कर्षसहित अदालतले टोरा आगामी दिनमा क्याटलोनियाको सरकार प्रमुखका रूपमा पदमा रहिरहन नसक्ने ठहर गरेको हो ।

यद्यपि यो आदेश कार्यान्वयनमा आउनका लागि स्पेनको सर्वोच्च अदालतद्वारा पुष्टि हुनुपर्छ वा सर्वोच्च अदालतले पनि टोरालाई पदबाट हटाउनुपर्ने आदेश जारी गर्नुपर्छ । यसका लागि अझै धेरै समय (महिना) लाग्ने र यदि सर्वोच्चले पनि तल्लो अदालतको जस्तै निर्णय सुनाएमा स्पेनको समृद्ध उत्तरपूर्वी राज्य क्याटलोनियामा समय अगावै आमनिर्वाचन हुनुपर्नेछ ।
टोराले अदालतको निर्णयबारेमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे सम्बोधन गर्ने उनको कार्यालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

स्पेनको निर्वाचन कार्यालयका अधिकारीले अप्रिलमा हुने निर्वाचनका समय पृथकतावादी चिह्नलाई सार्वजनिक कार्यालयबाट हटाउन र संस्थागत तटस्थता देखाउन गत मार्चमा क्याटलोनिया राज्यका सरकार प्रमुख टोरालाई निर्देशन दिएका थिए ।

उनीहरूले क्याटलोनियाको क्षेत्रीय सरकारको मुख्यालयमा टाँसिएको ‘राजनीतिक बन्दी र निर्वासनबाट स्वतन्त्रता’ भन्ने व्यानरलाई हटाउन आग्रह गरिएको थियो । तर टोराले सन् २०१७ मा क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र बनाउने अभियानमा संलग्न भएका कारण लामो जेल सजाय पाएका नौ नेताहरूलाई थुनामा राख्ने निर्णयविरूद्ध उक्त ब्यानर टाँसिएको थियो ।

आफ्ना नेताहरूलाई जेलको सजायपछि क्याटलोनियाका मुख्य सहरसहित बार्सिलोनामा हिंसात्मक प्रदर्शन भएको थियो भने प्रदर्शनकारीले सहरका मुख्य भागमा रहेका सरकारी कार्यालयमा स्वतन्त्रताको नारासहितका ब्यानर राखेका थिए ।
क्याटलोनिया सरकारले ब्यानर हटाउन पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरेपछि प्रहरीले हस्तक्षेप गरी ब्यानरलाई हटाएको छ ।

सरकार प्रमुख टोराले ब्यानर हटाउन आफूलाई निर्देशन दिने ती अधिकारी आफूभन्दा तल्लो दर्जाका कर्मचारी रहेकोले त्यसलाई आफूले मान्न बाध्य नहुने क्षेत्रीय सरकारको ठहरअनुसार आफूले ब्यानर नहटाएको दाबी गरेका छन् । “मैले आदेश पालना गरिन किनकी उनीहरू मभन्दा पदीय मर्यादाका हिसाबले निम्न दर्जाका कर्मचारी थिए । त्यसैले मैले आदेश मानिन ।” टोराले अदालतले लिएको बयानमा भनेका छन् ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १०:५२ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...