back
CTIZAN AD

विजुलीले फेरि सिकाउँदै छ पाठ (तस्बिर सहित)

वि.सं.२०७६ पुस ४ शुक्रवार

1.2K 

shares

४ पुष, काठमाण्डौं । सार्वजनिक संस्थानको व्यवस्थापनमा चुस्त प्राविधिक र व्यवसायिक कौशलता प्रदर्शन गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले फेरि नयाँ पाठ संप्रेषण गर्दैछ ।
काम सून्य, भाषण ज्यादा, साँढे प्रवृत्ति, सरुवाको राजनीति, आरोप प्रत्यारोप र सबै कुरा ‘मै लाई’ ठान्ने समस्याबाट ग्रसित स्थितिका विचबाटै नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनले जिम्मेवारपूर्ण अभियान सुरुवात गरेको छ ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका सहसंयोजक खगेन्द्र शाहिको प्रस्तुतिमा दिइएजस्तै NEPAL (N-no, E-Electricity, P-production, A-Always, L-loadsheding को स्थितिबाट गुज्रेको विद्युत् प्राधिकरणले नेतृत्वको कौशलता र चमत्कारिकतासँगै सिंगो मुलुकमा नयाँ सन्देश प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व र कर्मचारीको टिमले मुलुकको समृद्धिमा जुन योगदान पुर्याउन खोज्दैछ, ठिक त्यहि स्प्रिटमा विद्युत् प्राधिकरणबाटै अर्को नयाँ तरंग फैलिन शुरु भएको छ ।

नेपालको ट्रेड युनियनको आन्दोलन सुविधा, भत्ता, बढुवा र रमाइलोको नकरात्मक छविमा अल्झिरहेको बेला प्राधिकरणको कर्मचारी यूनियनबाटै ‘सहज सेवा, स्वच्छ नेविप्रा राष्ट्रिय अभियान २०७६’ घोषणा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रमका बीच १९ बुँदे कार्यक्रम र योजना सहित यूनियनका संयोजक रामेश्वर प्रसाद पौडेलले राष्ट्रिय अभियान घोषणा गरेका हुन् ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका सिंचाई तथा उर्जामन्त्री वर्षमान पुनले नेपाली कर्मचारीतन्त्रको इतिहासमा यो अभियान विशेष रुपले दर्ज भएको भन्दै व्यवस्थापन र यूनियनका बीचको समझदारीबाट राष्ट्रिय अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको विशिष्ठ अतिथिरहेका बन तथा वातावरण संरक्षण मन्त्री शक्ति बस्नेतले वातावरण संरक्षण र वृक्षारोपण कार्यक्रममा बन मन्त्रालय सघाउन तयार रहेको बताएका थिए भने नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सूचना प्रविधिमार्फत् सहज सेवा दिन तथा नागरिक र राष्ट्रलाई लाभ हुने काममा यूनियनसँग हातेमालो गर्न व्यवस्थापन पक्ष तयार रहेको बताएका थिए ।

के के छन् त राष्ट्रिय अभियानका १९ बुँदा

१. कार्यालयका कामहरु प्रभावित पार्ने गरी कार्यालय समयमा ट्रेड युनियनका गतिविधिहरु नगर्ने प्रतिबद्दता जाहेर गर्दछौं र अरु क्रियाशिल ट्रेड युनियनहरुबाट पनि सोही अपेक्षा गरेका छौं ।
२. मुस्कानसहितको सेवा प्रदान गर्दा सेवा दिने मात्र मुस्कुराएर हुँदैन, सेवा लिने पनि मुस्कुराउन पर्दछ । अतः “मुस्कानका लागि सेवा“ भन्ने नारालाई स्थापित गर्न प्रतिवद्दता जाहेर गर्दछौं ।

३. सेवाग्राहीहरुलाई सम्मानपूर्ण ब्यबहार गर्दै सेवालिन आउँदा अनिवार्य रुपमा नमस्ते शब्दबाट सम्बोधन गर्ने तथा सेवा पश्चात् धन्यवाद व्यक्त गर्ने परिपाटी बसाल्न नेपाल विद्युत प्राधिकरणका सबै कार्यलय–प्रमुख साथै सम्पूर्ण कर्मचारीहरुलाई आव्हान गर्दछौं ।

४. सहजरुपमा विद्युत र विद्युतीय सेवा उपलब्ध गराउन सबै कर्मचारी र कार्यालयहरुमा अनुरोध गर्दछौं ।

५. विद्युत उर्जाको अधिकतम उपभोग गर्न सम्पूर्ण उपभोक्ताहरुसँग आव्हान गर्दछौं ।

६. सबै कार्यालयहरुमा एकै किसिमको रंग–रोगन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

७. नेपाल विद्युत प्राधिकरणका खाली रहेका जग्गाहरुमा फूल, फलफुल तथा वृक्षारोपण गरी जग्गाको सदुपयोग गर्नेे अभियान चलाउने प्रतिवद्धता जाहेर गर्दछौं ।

८. कार्यालयहरुमा आउने सेवाग्राहीहरुका लागि सफा पिउने पानीको व्यवस्था गरिनेछ ।

९. महिला तथा पुरुषहरुका लागि छुट्टा–छुट्टै सफा शौचालयहरुको व्यवस्था गरिनेछ ।

१०. ग्राहकको गुनासो प्रतिउत्तरदायी हुन् सहायताकक्ष खडा गरिनेछ ।

११. कार्यालयका सबै टेलिफोनहरु इन्टरकम प्रणालीमा जोडी सहायता कक्षबाट नै सेवाग्राहीहरुको गुनासो सुनी सेवा प्रवाह गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

१२. टेलिफोन रिसिभ गर्दा अनिवार्य रुपमा “नमस्ते विद्युत प्राधिकरण“ शब्दबाट सम्बोधन गरिने प्रचलनको सुरुवात गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

१३. कार्यलयका कामहरु सहज र ग्राहक–मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने प्रतिवद्धता ब्यक्त गर्दछौं ।

१४. आवश्यक सूचना तथा सेवासम्बन्धी जानकारी गराउन मोवाइल एक्लिकेसन अपग्रेड गरी संचालनमा ल्याउन ब्यबस्थापन सँग सहकार्य गर्न प्रतिवद्धता ब्यक्त गर्दछौं ।

१५. विद्युत महशुल भुक्तानी सहज र सरल बनाउन अनलाइन मार्फत भुक्तानी गर्ने व्यवस्थालाई व्यापक बनाइनेछ ।

१६. सेवाग्राहिहरुले पेश गर्नु पर्ने कागजातहरुको फोटोकपी लगायतका अन्य सुविधा विना शुल्क सहायता कक्षबाट नै उपलब्ध गराइनेछ ।

१७. नेपाल विद्युत प्राधिकरणले प्रदान गर्ने सेवाको आवश्यक समयावधि र सम्पर्क व्यक्तिसहितको जानकारी दिन कार्यालयमा “प्रतिबद्धता सुचना“ टाँसको व्यवस्था हुनेछ ।

१८. कार्यालयको टेलिफोन नउठ्ने र समयमा समस्या समाधान नहुने तथा जनगुनासो सम्बोधनको लागि केन्द्रिकृत रुपमा जनगुनासो व्यवस्थापन कक्ष थालनी गरी संचालनमा ल्याउन ब्यबस्थापन सँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

१९. नयाँ मिटर जडान, लोड स्वीकृति जस्ता कार्य गराउँदा कोही–कसैबाट अनावश्यक दुःख दिने, अनाधिकृत रकम माग गर्ने जस्ता कार्य गरेमा उर्जा मन्त्रालयको हटलाईन नम्बर ११५१, नेपाल विद्युत प्राधिकरणको हटलाइन नम्बर ११५० अथवा आधिकारक ट्रेड युनियनको फोन नं. ०१४१५३०९४ वा ईमेल neaneu75@gmail.com मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गर्दछौं ।

यो घोषणाले नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियन अब देशको ट्रेड यूनियन आन्दोलनमा रुपान्तरणको संवाहक भएको छ । पेशागत व्यवसायिकता, संस्थाको समृद्दि र राष्ट्र निर्माणमा योगदानको चक्रलाई ठिक ढंगले पक्रेको प्राधिकरणको युनियनले ट्रेड युनियनको इतिहासमा नयाँ कोर्ण बनाएर विजुली अड्डाबाट मुलुकलाई अर्को पाठ सिकाएको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १३:४२ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने...

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे...