back

जल्दै गरेको शब प्रहरीद्धारा नियन्त्रण

वि.सं.२०७६ पुस ५ शनिवार

390 

shares
IME Limited
NTC AD

५ पुस, बारा । बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए । शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ । दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भने । रासस

वि.सं.२०७६ पुस ५ शनिवार १३:०७ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...