back
CTIZAN AD

प्रेस सङ्गठनको राष्ट्रिय भेला पुस १२ मा

वि.सं.२०७६ पुस ६ आइतवार

636 

shares

६ पुस, काठमाडौँ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ ।

भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ ।

भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो ।

सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिएका थिए ।

वि.सं.२०७६ पुस ६ आइतवार ०९:०८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...