back
CTIZAN AD

८१ कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस १० बिहीवार

741 

shares

१० पुस, काठमाडौँ । एसटी लरेन्स सेकेन्डरी स्कुल एन्ड कलेजले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

चावहिल पिपलबोट स्थित उक्त कलेजले भाइस प्रिन्सिपल, प्राइमरी ईन्चार्ज र प्रि–प्राइमरी इन्चार्जको लागि मास्टर डिग्री गरेको र मिनिमम ४/५ वर्ष टिचिङ्गको अनुभव भएको कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त स्कुल/कलेजका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यता तथा अनुभवका प्रमाणपत्र र हालसालै खिजेको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र उक्त कलेजको ठेगानामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि ईमेलः info@stlawrence.edu.np  मा मेल गर्न सकिने जनाइएको छ ।

यसैबिच स्वस्तिकश्री गुरुकुलले पनि लेभल कोर्डिनेटर (प्राइमरी एन्ड सेकेन्डरी) मा २, प्राइमरी ग्रेड टिचर्समा ५, प्राइमरी ग्रेड एसीस्टेन्टमा टिचर्समा ५, विषय शिक्षकमा १०, इसीए कोर्डीनेटर एन्ड टिचर्समा ११, अपरेशन म्यानेजरमा १, सिस्टम एडमिनिस्ट्रेटरमा १, फ्रन्ट डेस्क अफिसरमा ३, एडमिन अफिसरमा ३, एडमिन अफिसर/पिआर अफिसरमा १, अकाउन्टेन्ट अफिसरमा २, लिब्रेनमा २, काउन्सिलरमा १, स्कुल नर्समा १, चिफ/कुक/वेटर्समा ७, चालकमा १ र एसिस्टेन्ट/हेल्पर/गार्डेनरमा १२ कर्मचारीको आवश्यकता रहेको सूचना दिइएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४८९०३१६, ४८९०३१४ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

 

वि.सं.२०७६ पुस १० बिहीवार १०:३९ मा प्रकाशित