back

सबै कांग्रेसजन संबेदनसिल बनौं : पुर्व उपाध्यक्ष शाह

वि.सं.२०७६ पुस १३ आइतवार

885 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

१३ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टी भित्र अतिवादी कुरा कसैले नगर्न आग्रह गरेका छन। नेपाली कांग्रेसको पछिल्लो बिवादको बारेमा सामाजिक संजाल फेस्बुक मार्फत टिप्पणी गर्दै पुर्व उपाध्यक्ष शाहले नेपाली कांग्रेसको भविष्य संकटग्रस्त हुदै गई रहेको कारण सबै कांग्रेसजन संबेदनशील बन्न आबस्यक रहेको पनि शाहले जिकिर गरेका छन। उनले आफनै सभापतिको चर्को आलोचना गरेर कोहि पनि समाजमा प्रतिष्ठित नेता वा असल कार्यकर्ता बन्ने नसक्ने पनि बताएका छन।
पुर्व उपाध्यक्ष शाहले गरेको टिप्पणी यस्तो छ :

“अतिवादी कुरा कसैले नगरौ !
पक्ष र विपक्षमा आफ्ना अभिब्यक्तिहरूलाई सबैले बन्द गरौ !!
नेपाली कांग्रेसको भविष्य संकटग्रस्त हुदै गई रहेको छ त्यसैले सबै कांग्रेसजन संबेदनशील बन्न आबस्यक छ । नेपाली कांग्रेसको भविष्य, लोकतान्त्रिक परिपाटी र देशको समृद्धिको लागी सबल र बलियो कांग्रेस आवश्यक छ । त्यसको लागी नेपाली कांग्रेस भित्र बृहत् एकता आबस्यक छ । पार्टी भित्र बढ़ेको आन्तरिक द्वन्द समाधानको लागी भविष्य बोकेका यूवाहरुको पहलकदमी आवश्यक छ ।
हिजो आदरणीय नेता रामचन्द्र पौडेल स्वयं मध्यमार्गी छबि बोकेको नेता हुनुहुँथ्यो । आज परिस्थितिले उहाँलाई एक कित्ताको नेता बनाएको छ । हामीले बिर्सिन हुदैन उहाँ पार्टीको बरिस्ठ नेता हो । अर्को कुरा आफनै सभापतिको चर्को आलोचना गरेर कोहि पनि समाजमा प्रतिष्ठित नेता वा असल कार्यकर्ता बन्ने नैतिक बल रहदैन ।

त्यसैले नेपाली कांग्रेसमा जिबन समर्पित गरेका जवानी अर्पित गरेका, समाज परिवर्तनको लागी सुख सयल त्याग गरेका सम्पूर्ण सम्मानित ब्यक्तित्वहरूमा म अपिल गर्न चाहन्छु कांग्रेस भित्रको समस्याको समाधान कांग्रेसले नै खोज्ने हो ।

मेरो बिचारसंग सहमत सबै अग्रज तथा समकालीन साथीहरू र बिध्यार्थी साथीहरूलाई संयमित भएर सघन छलफलको पहल कदमी लीनका लागी कांग्रेस भित्र मध्यमार्ग खोज्नका लागी अपिल गर्द्छु ।
जय होस नेपालको! जय होस कांग्रेसको !! जय नेपाल !!!”

वि.सं.२०७६ पुस १३ आइतवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा सुबिधा थप गरेको छ...

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...