१५ पुष, झापा (चितवनबाट) । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम चलिरहेको छ ।
बैशाख महिना भित्र रंगशालाको क्रिकेट खेलमैदानको निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रुपमा अघि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ ।
फाउण्डेसनका प्रतिनिधि अमृत अधिकारीले २२ वटा खेल खेल्न मिल्ने रंगशालामा ७ वटा क्रिकेट पिच तयार हुने र त्यसको निर्माण गुणस्तरीय माटोबाट भईरहेको बताए ।
‘जनस्तरबाट रंगशाला निर्माणका लागि सहयोग आइरहेको छ‘ अधिकारी भन्छन् ‘२० विगाहा ६ कट्टा क्षेत्रफलमा रंगशाला निर्माण भईरहेको छ । करीव ३ अर्ब लागतमा रंगशाला निर्माण हुने बताइएको छ ।
च्यारिटी खेलका लागि नमुना मैदान तयार भईसकेको रंगशाला निर्माणले स्थानीयलाई समेत हौस्याएको फाउन्डेशनले बताएको छ । रंगशाला निर्माण भएर सञ्चालनमा आएपछि चितवनको सौराहालाई सबैभन्दा बढी फाइदा पुग्ने देखिएको छ । पर्यटकका लागि खुलेका सयौं सुविधा सम्पन्न होटल तथा लजहरुको आम्दानी बढाउन रंगशालाले ठूलो भूमिका खेल्न होटल व्यवसायीहरुले बताउने गरेका छन् ।
वि.सं.२०७६ पुस १५ मंगलवार ०९:३३ मा प्रकाशित
























