back
CTIZAN AD

फोर्बस पत्रिकाको ३० औं उद्यमीमा छानिए नेपाली युवा गौतम

वि.सं.२०७६ पुस १७ बिहीवार

771 

shares

विजय थापा, डिसी । नेपाली मूलका एक युवा बिश्वप्रख्यात फोर्ब्स पत्रिकाको ३० औं उद्यमीको सूचीमा परेका छन् ।

नेपाली मूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौट भएका हुन् । फोर्ब्स पत्रिकाले गत बर्ष डिसेम्बर ३ का दिन अन्य देशबाट अमेरिका आई व्यवसाय गर्ने युवाहरुको सूची प्रकाशित गरेको थियो उक्त सूचीमा नेपाली युवा गौतम पनि चुनिएका हुन् ।

हरेक बर्ष यस विधामा उक्त पत्रिकाले थुप्रै विधामा उल्लेखनीय योगदान तथा सफलता हासिल गर्ने युवाहरुलाई प्रोत्साहन स्वरुप ३० जनाको सूची प्रकाशित गर्ने क्रममा नेपाली मूलका गौतम ३० जना भित्र परेका हुन् । २४ बर्षिय गौतम उक्त सूचीमा पर्ने सबैभन्दा कान्छा उद्यमी हुन् ।

गौतमलाई प्रविधि विधामा र उक्त उमेर भित्र उल्लेखनीय काम गरे वापत फोर्ब्सले सम्मान गरेको हो । उनि सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनि )का सह संस्थापक र संचालक हुन् ।

सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनि) सुरक्षा जाँच सम्बन्धि मुलत विमानस्थल लगायत सुरक्षा दिने स्थानहरुमा यात्रीहरुले ल्याएका झोला बाकसहरुमा अबैध र प्रतिबन्धित सामानहरु ल्याएको या नल्याएको बारेमा जानकारी दिने सफ्टवेयर(तन्त्रांश)को निर्माण गर्दछ ।

साथै एक देशबाट अर्को देशमा कुनै पनि हुलाक या द्रुत सेवाबाट पठाइएका गैर कानुनी सामग्रीहरुको समेत सिन्याप्स टेक्नोलोजी प्रतिष्ठानले पत्ता लगाउने र सुरक्षा निकायलाई सुचना दिने काम गर्दछ ।

को हुन् सिमान्त गौतम ?
नेपाल सिरहा जिल्ला बढहरी गाउँ पालिकाका गौतम काठमाडौ बानेश्वर हुदै अमेरिका ७ बर्षका उमेरमा आएका हुन् । अमेरिकाको भर्जि्निया शार्लोट्सभिल निवासी गौतम हाल ३ बर्ष देखि क्यालिफोर्निया(शिलिकन भ्याली ) मा व्यवसाय संचालन गर्दै आएका छन् ।

गौतम मातापिताको साथ विविधता चिट्ठा (डिभी )अन्तर्गत सन् २००२ मा पेन्सेलभेनिया आएका हुन् भने पछि भर्जि्निया शार्लोट्सभिलमा बसाई सरेका हुन् । भर्जि्नियामा अध्ययन समाप्त पछि उनले म्यासचुसेट्स राज्यको बोस्टन स्थित बिश्व प्रख्यात एमआइटि बिश्वबिद्यालयबाट सूचना प्रविधिमा स्नातक गरेका हुन् ।

गौतमले केही समय नासामा पनि काम गरेका छन् । नासाले अविष्कार गरेको सुक्ष्म ग्रहको नाम २८४८८ गौतम (28488 Gautam)भनि राखिदिएको छ । उनले माध्यमिक बिद्यालय अध्ययन गर्दै गर्दा गणितमा अन्तर्रा्ष्ट्रिय पुरस्कार पाएकोले उनलाई सम्मान स्वरुप नासाले २८४८८ गौतम (28488 Gautam) नाम दिएको हो ।

गौतमले एमआईटि अध्ययनकै क्रममा अन्तिम बर्षमै व्यवसाय थालनी गरेका थिए । उनलाई आर्टि्फिसिएल ईन्टेलिजेन्स (उपकरणलाई ज्ञान दिने) को ७ वटा बिषयमा एकस्व अधिकार (पेटेन्ट राइट )को अविष्कार गरे वापत पेटेन्ट पुरस्कार प्रदान गरेको थियो ।

गौतमले भबिष्यमा यस्ता सूचना प्रविधिको कम्पनि(प्रतिष्ठान)को निर्माण र विकास गर्ने योजना समेत रहेको बताएका छन् ।

वि.सं.२०७६ पुस १७ बिहीवार ०९:०० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...