१७ पुस, काठमाडौँ । प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस सहित पक्राउ परेका छन् ।
निरीक्षक सिंह र जवान यादवले भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट रु. ५० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा निजहरुले नेपाल–भारत सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा सामान ओसारपसार गरेवापत सेवाग्राहीसँग घुस माग गरेको र रकम नदिएमा लागूऔषध मुद्दा चलाउने भनी धाकधम्की दिई कुटपिटसमेत गरेको र उक्त रकम लिएको प्रमाणित भएकोले दुवैलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेका अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ पुस १७ बिहीवार १५:५५ मा प्रकाशित






























