back
CTIZAN AD

क्यानडामा मनाइयो टोपी दिवस र भ्रमण वर्ष २०२०

वि.सं.२०७६ पुस १७ बिहीवार

873 

shares

एनआरएन क्यानडा नेपाली साहित्य समाज क्यानडा एनसीसी एसीसी (कम्युनिटी हाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश भव्य रूपमा मनाइएको छ । १ जनवरी २०२० का दिन “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरनसहित नेपाली टोपीसहित उपस्थित महानुभावहरुले नेपाली टोपीको महिमा र भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एम.पी.पी दीपक आनन्दले उक्त कार्यक्रममा सम्बोेधन गरेका थिए ।

एनआरएन उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलियाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संयोजक गोपीकृष्ण काफ्लेले टोपीको उत्थान महत्व र क्यानडामा गरिएका कार्यहरुको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी उक्त कार्यक्रममा कम्युनिटी हाउस NCC ACC  का अध्यक्ष तुलसी सापकोटाले संस्थाको औचित्य बारेमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा एनआरएन आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएन क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मन्चबाट महासचिव अशोक खड्का एन सी सी एसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जनसम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की महिला चौतारीबाट गिता दवाडी, जनजाति महासंघबाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वाल चन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व एन सी एन सी का अध्यक्ष गायक तथा सर्जक गोविन्द घिमिरेले गीत, हेमराज काफ्ले, अशोक खड्का किशोर ढकाल लगायतले कविता वाचन गरेका थिए । एनआरएन क्यानडा सल्लाहकार मुगा राजभण्डारी, डा नारायण रेग्मी, प्रवक्ता दिनेश खतिवडा, एनआरएन क्यानडा सेन्ट्रल रिजनका हेल्प डेस्क कोअर्डिनेटर राम क्षेत्री, नेवागुठीका सुरेन्द्र लाल श्रेष्ठ, मगर संघबाट रमेश राना लाली गुराँस क्लबबाट कृजल केसी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए ।  कास्की समाजका अध्यक्ष रमेश केसीले सबैलाई धन्यवाद दिदैं कास्की समाज कार र्यालीको रूटको बारेमा बताएका थिए ।

कार्यक्रम समापन गर्दै एनआरएन उपाध्यक्ष विजय पौडेलले अव कुरा होइन काम गर्न पर्ने कुरा राखेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन क्यानडाका महासचिब पिताम्बर भट्टराई गरेका थिए ।

कार्यक्रमको प्रायोजन गर्ने वकिल रमेश कार्की तथा एभरेष्ट तेक्वान्दोका प्रोपाइटर तथा घर जग्गा व्यवसायी धिरेन्द्र शाही एवम् जलपानको जिम्मेवारी ग्रहण गर्ने NCCACCका पदाधिकारीहरू तुलसी सापकोटा, मुगा राजभण्डारी, सीएम उप्रेती, वासु लम्साल, रविन्द्र घिमिरे डा नारायण रेग्मी, वाल चन्द्र श्रेष्ठ, गोपी कृष्ण काफ्ले, सन्तराज भण्डारी तथा कास्की समाज क्यानडालाई विशेष धन्यवाद। पहिलो कार्यक्रम पश्चात कास्की समाज आयोजना मा भिजिट नेपालको स्टिकर कारमा टास्ने र कार र्यालीको उदघाटन गर्दै अनटारियो मिनिष्टर परममित सरकारियाले कार्यक्रमको सफलताको शुभकामना दिए । कार र्याली केनेडीबाट शुरू भएर ब्राम्टन र मिसिसागा शहर परिक्रमा गरेर समापन भएको थियो। कास्की आदर्श समाजका ग्लोबल संरक्षक गोपी कृष्ण काफ्लेले संस्थाले राम्रो कामको शुरूआत गरेको र भविष्यमा पनि निरन्तर सक्रिय रहेर काम गर्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजकसमेत रहेका गोपी कृष्ण काफ्लेले कास्की समाजका अध्यक्ष रमेश केसी उपाध्यक्ष वासु लम्साल कलाधर वास्तोला महासचिव किरण गौतम सल्लाहकार सुर्य सापकोटा लगायत सम्पुर्ण कास्की समाजका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेका छन् । भिजिट नेपालको स्टिकर उपलब्ध गराइदिने तथा स्वयमसेवकको भुमिका निर्वाह गर्ने एनआरएन क्यानडा युथ कोअर्डिनेटर ईश्वर खत्री एनसी एनसीका अध्यक्ष सन्त राजभण्डारी कोषाध्यक्ष भुमिराज घिमिरेप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन ।

वि.सं.२०७६ पुस १७ बिहीवार १५:४६ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...