back

८ वर्षको उमेरमै कसरी अरबपति भए यी बालक ?

वि.सं.२०७६ पुस १७ बिहीवार

480 

shares
GLOBAL IME AD
NTC AD

तपाई हाम्रा ८ वर्ष उमेरका छोराछोरी खादै खेल्दै पढ्दै गरेका हुन्छन् । तर, संसारमा कतिपय त्यस्ता बालक पनि हुन्छन् जो अनौठा हुन्छन् । सुन्दै नपत्याउने खालका हुन्छन् ।

८ वर्षे बालक कसरी अरबपति भयो भन्ने तपाईको मनमा कौतुहलता मात्र होइन, जर्वजस्र्त प्रश्न पनि उठ्छन् यहि भन्दै ‘८ वर्षको बालकले कसरी यतिधेरै सम्पत्ति कमाउन सफल भयो, सायद उसको बाउ आमाको सम्पत्ति होला ।’ तर, होइन पाठकबृन्द १८ डिसेम्बरमा प्रकाशित फोब्र्स पत्रिकाले रायन काजी नामका एक बालकलाई धनीहरुको सूचीमा सामेल गरेको छ ।

अमेरिकाको टेक्सास राज्यका यी बालक फोब्र्स पत्रिकाको धनाढ्यको सूचीमा आउन सफल भएका छन् । युट्युवर रहेका यी बालकले सन् २०१९ मा २ करोड ६० लाख डलर ( झण्डै २ खर्ब ९६ करोड रुपैयाँ) कमाएको भन्दै फोब्र्सले आफ्नो सूचीमा उनको नाम दर्ज गराएको हो । उनी सन् २०१९ मा सबैभन्दा कम उमेरमा धेरै पैसा कमाउने कान्छा युट्युवरको सूचीमा परेका हुन् ।

काजीको युट्युव च्यानल ‘र्यान्ज वल्र्ड) का २ करोड ३० लाख सस्क्राइबर रहेका छन् । उनी आफ्नो च्यानलमार्फत् शिक्षा बारे, खेलौनाबारे जानकारी दिने र त्यसको समिक्षा गर्ने गर्दछन् ।

काजी यति सानै उमेरमा यतिधेरै धनी बन्न सफल हुनुमा आमाको हात रहेको बताइएको छ ।
पुर्वशिक्षिका समेत रहेकी काजीकी आमा लोन गुआनले उक्त च्यानल बनाएकी हुन् ।

त्यस्तै फोब्र्सको सूचीमा दोश्रो स्थान ड्युड परफेक्सट नाम रहेको एक च्यानलले पाएको छ ।

यस्तो छ रायनको भिडियो

 

वि.सं.२०७६ पुस १७ बिहीवार १५:३९ मा प्रकाशित