back
CTIZAN AD

उखु किसानको आन्दोलन स्थगित, पाँचबुँदे सहमति

वि.सं.२०७६ पुस १८ शुक्रवार

894 

shares

१८ पुस, काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्टको उपस्थितिमा पाँच बुँदे सहमति गरेको हो । सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगित गर्न सहमत भएका छन् ।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले माघ ७ गतेभित्र किसानको बक्यौता उपलब्ध गराउने र त्यसको समन्वय तथा सहजीकरण मन्त्रालयले गर्ने उल्लेख छ । किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न र उखु खरिद बिक्री गरेको रकम भुक्तानी दिने प्रणालीलाई स्वचालित बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा चिनी उद्योगी, किसान र विज्ञ रहेको कार्यदल बनाउने सहमतिमा जनाइएको छ ।

सहमतिमा उखु किसान संघर्ष समितका सचिव हरिश्याम राय र मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

यसअघि उखु किसान संघर्ष समितिले सरकारसँग १२ बुँदे माग अघि सारेको थियो ।

वि.सं.२०७६ पुस १८ शुक्रवार २०:५५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...