१८ पुष, काठमाण्डौं । पाल्पा रामपुर नगरपालिका–७ स्थित मगर समुदायका युवतीहरु विजय प्राविको स्वर्णमहोत्सवको अवसरमा आफ्ना नृत्य देखाउँदै ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

बागलुङ बजारमा जारी बागलुङ महोत्सव–२०७६ का अवसरमा आगन्तुकलाई स्वागत गर्नका लागि नौमती बाजा बजाइँदै । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव पुस २० सम्म चल्नेछ ।

दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जारी प्रथम औद्योगिक तथा कृषि व्यापार महोत्सवमा थारु पहिचान तथा संस्कृत प्रस्तुत गर्दै थारु समुदायहरु ।

कैलालीको धनगढी उपमहानगरपालिका-१७ भादा गाउँमा जारी थारु होमस्टे भादा महोत्सवमा देउडा खेल खेल्दै पहाडी समुदायका महिलाहरु ।

नगरकोट क्षेत्रबाट भक्तपुरको ताथली, सुडाल क्षेत्रमा देखिएको रमाइलो तोरी बारी ।

मुस्ताङको चुसाङबाट देखिएको अन्नपूर्ण हिमाल क्षेत्र । हिमालले पर्यटकको मनै लोभ्याउने गरेको छ ।
तस्बिरहरु : रासस
वि.सं.२०७६ पुस १८ शुक्रवार १८:०४ मा प्रकाशित





























