back
CTIZAN AD

कतारका लागि नेपाली राजदूत भन्छन्–भ्रमण वर्ष सफल बनाउन ‘हेल्प डेस्क’नै राखियो

वि.सं.२०७६ पुस १८ शुक्रवार

834 

shares

१८ पुष,झापा। २० लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ नेपाल सरकारले भ्रमण वर्ष २०२० को भव्य सुरुवात गरेको छ ।

लक्ष्य प्राप्तिका लागि केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरकारसँग सम्बन्धित निकाय, गैर सरकारी निकाय हौसिएर लागि परेका छन् ।

नेपालमा रहेका विभिन्न संघसंस्थाहरुले पनि भ्रमण वर्षको भव्य प्रचार गरिरहेका छन् । होटल व्यवसायी पनि हौसिएर बढी भन्दा बढी पर्यटक नेपाल भित्राएर त्यसबाट आर्थिक संवृद्धि हासिल गर्ने कुरामा लागेका छन् । विभिन्न देशमा रहेका नेपाली राजदुतावास, गैर आवासीय नेपालीहरु पनि त्यसरी नै जुटेका छन् ।

कतारस्थित राजदुतावासमा हेल्प डेक्स नै सञ्चालनमा ल्याएर भ्रमण वर्ष २०२० को व्यापक प्रचार भईरहेको छ ।

कतार स्थित नेपाली राजदूतावास र एनआरएनको संयुक्त प्रयासमा डिसेम्बर ३१ देखि हेल्प डेक्स नै सञ्चालनमा ल्याएर नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरुको जानकारी, प्रचारप्रसार गरिरहेको कतार स्थित नेपाली राजदूत डा. नारदभारद्वार वाग्लेले बताएका छन् ।

उनले कतारमा रहेका कतारी नागरिक, कतारमा रहेका अन्य विदेशी नागरिकहरुलाई नेपालबारे बुझाउन, चिनाउन र लोभ्याउन विभिन्न प्रचार सामग्री राखेर भ्रमण वर्ष २०२० को व्यापक प्रचार गरिरहेको जानकारी गराए । ‘कतारमा हाराहारी ३ लाख जनसंख्या छ, यहाँ २६ लाख विदेशी नागरिक बस्ने गरेका छन्’ राजदूत डा. वाग्ले भन्छन् ‘नेपालका लोभ्याउने ठाउँ, महत्व बोकेका धरोहरका बारेमा हामी मसिनो गरी जानकारी गराइरहेका छौं ।’

उनले जनवरी ७ तारिकमा भव्य कार्यक्रम गरेर विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्ने र नेपाल भ्रमण गर्दा विदेशी नागरिकहरुलाई सहजताका निम्ति नेपाल सरकारले अवलम्बन गरेका कुराहरुबारे जानकारी गराउने पनि बताए । राजदूत डा. वाग्लेले सोदिन कतारी नागरिक, कुटनीतिक नियोगका प्रतिनिधि, उच्च अधिकारी, नेपाली दाजुभाईको उपस्थितिमा विशेष कार्यक्रम हुने बताए । उनले कतारमा रहेका नेपाली दाजुभाईसँगको सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० अंकित टिसर्ट लगाएर मुख्य मुख्य ठाउँहरुमा निरन्तर रुपमा कार्यक्रम गर्ने पनि बताएका छन् ।

वि.सं.२०७६ पुस १८ शुक्रवार १७:२० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...